Breaking News Wednesday, 25 Nov, 2020
Prestige Media

कप्तान मल्ललाई कोरोना संक्रमण

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो ।
कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि गरे । ‘सुरक्षा सावधानीको उपाय अपनाएकै थिएँ । कुनै लक्षण छैन’ उनले भने, ‘परीक्षण गराउँदा पोजेटिभ आएछ ।’ उनी अहिले होम क्वारेन्टाइनमै छन् ।
उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रहसमेत गरेका छन् ।
बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १६ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो । शरद भेष्वाकर, वसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी, सुवास खकुरेल र कुशल मल्लले भने स्वाब दिएका छैनन् ।
रेग्मीलाई यसअघि नै कोरोना संक्रमण देखिएकाले स्वाब दिन नआएका हुन् । शरद र सुवास पारिवारिक कारणले स्वाब दिन नपुगेका हुन् भने करण उपत्यका बाहिर छन् । कुशल कक्षा १२ को परीक्षाा दिइरहेका छन् भने सन्दीपले एक साता परिवारसँग बसेर प्रशिक्षणका लागि आउनेछन् ।

स्टाफ प्रदीप लामालाई पनि कोरोना संक्रमण देखिएको छ । क्यान सचिव अशोकनाथ प्याकुरेलका अनुसार काठमाडौंमै घर भएका खेलाडीहरू होम क्वारेन्टाइनमा र बाहिरका खेलाडी होटल आइसोलेसनमा बस्नेछन् ।

थप ५ खेलाडी बन्द प्रशिक्षणमा
क्रिकेट संघले थप ५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । विक्रम शोव, अनिलकुमार साह, कुशल भुर्तेल, ऋत गौतम र लोकेश बमलाई प्रशिक्षणमा बोलाइएको हो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL