Breaking News Thursday, 19 Nov, 2020
Prestige Media

सन्दीप अस्ट्रेलियाको होबर्ट हुरिकेन्समा आबद्ध

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको टी–२० फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल) सिजन २०२०–२१ होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।
होबर्टले युवा स्पिनर सन्दीपसँग सम्झौता भएको बिहीबार घोषणा गरेको छ ।
सिजनको बिबिएल डिसेम्बरबाट सुरु हुने भए पनि सन्दीप जनावरीदेखि आबद्ध हुने हुरिकेन्सले जनाएको छ ।
हुरिकेन्सबाट बिबिएल खेल्न पाउँदा आफू उत्साहित भएको सन्दीपले बताएका छन् ।
बिबिएल–१० का लागि होबर्ट हुरिकेन्स परिवारमा जोडिन पाउँदा सम्मानित भएको महसुस भएको छ । मलाई अस्ट्रेलियाबाट सधैं धेरै माया र समर्थन आइरहेको छ । स्तरीय प्रतियोगिता बिबिएल उत्साहजनक छ । ब्लन्डस्टोन एरेनामा खेल्न आतुर छु,’ सन्दीपले भनेका छन् ।
हुरिकेन्सका प्रमुख प्रशिक्षक एडम ग्रिफिथले सन्दीप टिमको बलिङ आक्रमणका लागि एक्स–प्mयाक्टर हुने बताएका छन् ।
सन्दीपसँग सम्झौता गरेसँगै हुरिकेन्सको टिम पूर्ण भएको छ । हुरिकेन्समा जेम्स फल्कनर, म्याथ्यु बेड, टिम डेभिड, पिटर ह्यान्डकम, टिम पिने, डिआर्ची सर्टलगायतका खेलाडी छन् ।
विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका डविड मालन, सन्दीप लामिछाने र वेस्ट इन्डिजका किमो पाउल छन् ।
सन्दीपले पछिल्ला दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए । उनले दुई सिजनमा २० खेल खेल्दा २६ विकेट लिएका थिए । उनको बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन ३ विकेट लिएर ११ रन दिनु हो ।
सिजनको बिग ब्यास लिग आगामी १० डिसेम्बरबाट सुरु हुँदै छ । लिग ६ फेब्रुअरीमा सकिनेछ ।
कोरोना भाइरसले २०२० को क्रिकेट खेल तालिका असर गरेको अवस्थामा सन्दीपले तेस्रो लिग खेल्न लागेका हुन् ।
सन्दीप गत साउनमा क्यारेबियन प्रिमियर लिग खेल्न ट्रिनिडाड एन्ड टोबागोमा गएका थिए । उनी त्यतैबाट असोज पहिलो साता आइपिएल २०२० का लागि युएई पुगेका थिए ।
क्यारेबियन प्रिमियर लिगमा सन्दीपले जमैका तलावाजबाट समूह चरण र सेमिफाइनल गरी सबै ११ खेल खेल्दा १२ विकेट लिन सफल भएका थिए ।
तर, सिजनको आइपिएलमा सन्दीपलाई दिल्ली क्यापिटल्सले कुनै पनि खेलमा मौका दिएन ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL