Exclusive News Saturday, 14 Nov, 2020
Prestige Media

नेपाल बंगलादेशसँग पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली टोलीले हार बेहोरेको छ । शुक्रबार राजधानी ढाकामा भएको खेलमा नेपाललाई घरेलु टिम बंगलादेशले २–० गोलले पराजित गरेको हो ।
नेपालले दुवै हाफमा १–१ गोल खाएको थियो । खेलको दसौं मिनेटमा नवीद जीवनले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।
८० मिनेटमा बंगलादेशले अग्रता दोब्बर पारेको थियो । वान भर्सेस वानको अवस्थामा महबुर रहमानले बंगलादेशका लागि दोस्रो गोल गरेका थिए ।
नेपालका लागि पहिलो हाफमा रवि पासवान र अन्जन विष्टले गोल गर्ने अवसर खेर फालेका थिए । खेलमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।
दुई अन्तर्राष्ट्रिय खेलका लागि ढाका पुगेको नेपाली टिमले २ मंसिरमा दोस्रो खेल खेल्नेछ ।
यसअघि नेपाल बंगलादेशविरुद्ध भएका पछिल्ला पाँच खेलमा तीन खेलमा विजयी भएको थियो । एक खेलमा बंगलादेशले जित हात पार्दा एक खेल बराबरीमा सकिएको छ ।
नेपाली राष्ट्रिय टिम झन्डै एक वर्षपछि मैदान उत्रिएको हो । नेपाली राष्ट्रिय फुटबल टिमले पछिल्लो अन्तर्राष्ट्रिय खेल खेलेको आगामी साता एक वर्ष पूरा हुँदै छ ।
फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको चरणमा नेपालले गत नोभेम्बर १९ मा कुवेतविरुद्ध भुटानको चाङ्लीमिथाङ रंगशालामा प्रतिस्पर्धा गरेको थियो । सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो । त्यसयता कोरोना महामारीका कारण कुनै पनि खेल हुन सकेका छैनन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL