नेपालमा ८१ प्रतिशत कोरोना मुक्त
नेपालमा कोरोना मुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ लाख ५५ हजार ११४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् ।
बितेको २४ घन्टामा १० हजार ४२३ नमुना परीक्षणमा एक हजार ६ सय ७६ पुरुष र १ हजार ७७ महिला गरी २ हजार ७ सय ५३ संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८ सय ८७ पुरुष र ६ सय २५ महिलासहित १ हजार ५ सय १२ संक्रमित थपिएका छन् । प्रदेश १ मा ४ सय ९४, प्रदेश २ सय ७७, बाग्मती १ हजार ६ सय ९९, गण्डकीमा १ सय ३७, लुम्बिनीमा २ सय १८, कर्णालीमा २५ र सुदूरपश्चिममा १ सय ३ संक्रमित थपिएका छन् ।
हाल ३५ हजार ४ सय ३५ सक्रिय संक्रमित छन् । तीमध्ये ३ सय ६५ को आइसियु र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा १७ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ ।
झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ र रुपन्देहीमा ५ सय बढी सक्रिय संक्रमित छन् । मनाङ र बाजुरा सक्रिय संक्रमित शून्य जिल्ला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।







