Breaking News Wednesday, 7 Oct, 2020
Prestige Media

उपत्यकामा कोरोनाको सन्त्रास उच्च सतर्कता नअपनाए अनियन्त्रित हुने सरकारको चेतावनी

संघीय सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको औंल्याउँदै उच्च सतर्कता अपनाउन उपत्यकाबासीमा अपिल गरेको छ ।
असोज १९ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रण उन्मुख हुँदै गए पनि काठमाडौं उपत्यका अझै उच्च जोखिममै रहेको बताए ।
‘हाल प्रत्येक दिन देखिने कुल संक्रमितमध्ये आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामा रहेको छ । अहिलेसम्म उपत्यकामा कोरोना संक्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौंबासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ’, उनले भने, ‘झन्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि संक्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पु¥याउन सक्ने अवस्था छ ।’
मन्त्री ज्ञवालीले काठमाडौंबासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पु¥याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन विशेष आग्रह गरे ।
‘देशैभर क्रमशः कोरोना संक्रमण घट्दै गरेको अवस्थामा काठमाडौं उपत्यकाको अवस्था अझै पनि उच्च जोखिममा छ । यसलाई ध्यानमा राख्न सरकारको तर्फबाट विशेष आग्रह गर्दछु’, उनले
भने । नेपालीको सबैभन्दा ठूलो चाड बडादसैं नजिकिँदै गरेको अवस्थामा कोरोनाको थप जोखिम बढ्न सक्ने औंल्याउँदै उनले स्वास्थ्य सावधानी अपनाउनुपर्नेमा जोड दिए ।
‘दसैंको महत्वपूर्ण पक्ष भनेको पारिवारिक पुनर्मिलन र अग्रजबाट शुभाशीष लिने हो, तर यस्तो अवस्थामा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । त्यसो हुँदा दसैं मनाउँदा आफ्ना अभिभावकको सुरक्षा संवेदशनीलतालाई ध्यानमा राख्न जरुरी छ’, मन्त्री ज्ञवालीले भने ।
विगतमा जस्तो गाउँगाउँबाट काठमाडौं ओहोरदोहोर गर्दा संक्रमण फैलने जोखिम उच्च हुने भन्दै उनले टेलिफोनमार्फत आर्शीवाद लिन सकिने बताए । ‘परिवारका ज्येष्ठ सदस्य सुरक्षित रहे भने यस्ता अवसर पटक–पटक आउँछन्’, उनले भने, ‘तर हाम्रो सानो लापरबाहीले उनीहरूको स्वास्थ्यमा ठूलो जोखिम बढ्न सक्छ ।’
नेपालमा पछिल्लो समय ६० वर्षमुनिका व्यक्तिमा कोरोना संक्रमण दर र मृत्युदर तुलनात्मक रुपमा कम देखिएको छ । केही दिनयता नेपालमा कोरोनाका कुल संक्रमितको आधाभन्दा बढी संख्या काठमाडौं उपत्यकामा देखिन थालेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL