Exclusive News
Tuesday, 6 Oct, 2020
हरिवंश आचार्य दम्पतीमा कोरोना संक्रमण
अभिनेता हरिवंश आचार्य र पत्नी रमिलालाई कोरोना संक्रमणको पुष्टि भएको छ । हरिवंशले मंगलबार फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सेयर गरेका हुन् ।
आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
‘यहाँहरुको माया, आशीर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ’ हरिवंशले फेसबुकमा लेखेका छन् ।
उनले आफूहरुको सम्पर्कमा रहेकालाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।







