Breaking News Tuesday, 29 Sep, 2020
Prestige Media

नेपालमा रुसी कोरोना भ्याक्सिन बेच्न सम्झौता

रुसले बनाएको कोरोना भाइरसविरुद्धको स्पुतनिक–५ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाल ल्याउने सम्झौता भएको छ ।
द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले विज्ञप्ति जारी गर्दै ट्रिनिटी फर्मास्युटिकल्ससँग उक्त सम्झौता भएको जानकारी दिएको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि यो समाचार प्रकाशन गरेको छ ।
‘यो सम्झौताले नेपालका ९० प्रतिशत मानिसलाई स्पुतनिक–५ को पहुँच सुनिश्चित गर्नेछ र त्यहाँका क्लिनिकहरूलाई सुरक्षित र प्रभावकारी कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेछ,’ आरडीआईएफको विज्ञप्तिमा भनिएको छ।
एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका, युरोपका ५० बढी देशहरूले भ्याक्सिन किन्न निवेदन दिएका थिए ।
अहिलेसम्म मेक्सिकोमा ३ करोड २० लाख, ब्राजिलमा ५ करोड, भारतमा १० करोड र उजवेकस्तानमा ३ करोड ५० लाख डोज दिने सम्झौता भइसकेको आरडीआईएफले दाबी गरेको छ ।
ट्रिनिटीका निर्देशक किशोर अधिकारीले सम्झौताबाट आफू उत्साहित भएको बताए । ‘हामी स्पुतनिक–५ को अन्तिम परीक्षणको नतिजा कुरिरहेका छौं । नेपाल सरकारले अनुमति दिनासाथ हामी भ्याक्सिन नेपाली बजारमा पठाउनेछौं,’ अधिकारीको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा लेखिएको छ ।
नेपालमा भ्याक्सिन ल्याउने सम्झौता गरेको ट्रिनिटी फर्मास्युटिकल्स भारतीय कम्पनी हो ।
सन् १९४१ मा स्थापना भएको र केरलाको त्रिसुरमा मुख्यालय रहेको यो कम्पनीले नेपाली बजारमा पनि औषधी बिक्री–वितरण गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालका औषधी व्यवसायीले भने कम्पनी र अधिकारीबारे जानकारी नभएको बताएका छन् । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म औषधी ल्याउन कसैले प्रस्ताव नै नगरेको बताएको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले अहिलेसम्म कुनै खोप नेपाल ल्याउन अनुमति नदिइएको जनाए । ‘कुनै पनि प्रमाणित खोप नेपाल ल्याउन मन्त्रालयबाट अनुमति लिनुपर्छ । त्यस्तो अनुमति दिने÷नदिने अध्ययन गर्न हामीले समिति बनाएका छौं,’ उनले भने, ‘अहिलेसम्म कसैले खोप ल्याउन अनुमति माग्नु भएको छैन ।’
नेपालमा कुनै खोपको परीक्षणका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट अनुमति लिन सकिने उनले बताए ।
१० लाख बढी मानिसको मृत्यु भइसकेको कोरोना भाइरसको खोप बनाउन विभिन्न देशहरूबीच प्रतिस्पर्धा छ । तीमध्ये चीन, अमेरिका र अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेका भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणका क्रममा छन् ।
रुसले भने तेस्रो चरण परीक्षण नै नगरी आप्mनो खोपलाई गत साउनमा अनुमति दिएको थियो । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोरोनाविरुद्धको खोप बनाउने रुस पहिलो मुलुक भएको दाबी गरेका थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL