Breaking News Sunday, 27 Sep, 2020
Prestige Media

कोरोना हटस्पट बन्दै काठमाडौं उपत्यका

आइतबार नेपालभर १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि भएको छ । थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै आधाभन्दा बढी छन् ।
काठमाडौं उपत्यकामा थप ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा थपिएकामध्ये काठमाडौं जिल्लाका ६ सय ३३ जना, भक्तपुरका ७२ जना र ललितपुरका १ सय ४ छन् । उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
हालसम्म देशभर ७३ हजार ३ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५३ हजार ८ सय ९८ जना निको भइसकेका छन् । पछिल्लो २४ घन्टामा मात्रै ८ सय ८५ जना निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
संक्रमणबाट नेपालमा अहिलेसम्म ४ सय ७७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घन्टामा यसको संक्रमणबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

६० वर्ष पुगेका व्यक्तिलाई घरबाहिर निस्कन बन्देज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकालगायत मोरङ, चितवन र सुर्खेतमा संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती ठाउँमा संक्रमणको जोखिम उच्च रहेको भन्दै ६० वर्ष पुगेका, रक्तचाप, मधुमेहका बिरामी, क्यान्सर र मृगौला रोगीहरूलाई घरबाहिर ननिस्कन आइतबार अनुरोध गरेका हुन् ।
त्यस्ता व्यक्तिहरू घरबाहिर निस्कन परेको अवस्थामा अनिवार्य मास्कको प्रयोग गर्न मन्त्रालयले भनेको छ । साथै, दुई मिटरको दूरी कायम गर्न र कामबाट फर्केपछि साबुनपानीले हात धुन मन्त्रालयको सुझाव छ । पछिल्लो समय उपत्यकालगायत बढी जनघनत्व भएको सहरमा संक्रमण दर बढेको देखिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL