Breaking News Wednesday, 23 Sep, 2020
Prestige Media

नेपालमै कोरोना उपचारमा प्रयोग हुने औषधी उत्पादन सुरु

गोकुल अर्याल

कोरोना भाइरसको हालसम्म कुनै खोप र औषधी पत्ता नलागे पनि संक्रमितको उपचारमा विकल्पका रुपमा प्रयोग हुने फ्याभिपिराभिर २०० को नेपालमै उत्पादन सुरु भएको छ ।
देउराली जनता फर्मास्युटिकल्सले नेपालमै पहिलो पटक कोरोना रोकथामको औषधी फ्याभिपिराभिर २०० उत्पादन सुरु गरेको हो ।
कम्पनीका अनुसार विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाका संक्रमित नेपालमा पनि बढ््दै गएका छन् ।
विश्वका ठूला देशहरू कोरोनाको भ्याक्सिन उत्पादन र परीक्षणमा क्रियाशील छन् । यद्यपि, कठिन परिवेशमा संक्रमितको उपचारका लागि रमडेसिभार, फ्याभिपिराभिरलगायत औषधीको प्रयोग हुँदै आएको कम्पनीको भनाइ छ ।
कोरोनाको एन्टिभाइरलको रुपमा विश्वका धेरै मुलुकहरूले फ्याभिपिराभिर औषधीको प्रयोग गरिरहेको कम्पनीले जनाएको छ ।
हालसम्म यो औषधीको वैकल्पिक प्रयोगका लागि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले क्लिनिकल प्रयोगका लागि अनुमति दिएका छन् ।
स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग अनुमति लिई नेपालमै यसको उत्पादन सुरु गरिएको कम्पनीका सञ्चालक हरिभक्त शर्माले जानकारी दिए ।
‘कोरोनाले मानव स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर परेकामा हामीले यसको वैकल्पिक औषधीको अभाव कसैलाई नहोस् भनेर उत्पादन सुरु गरेका हौं,’ शर्माले भने ।
कम्पनीले औषधी उत्पादनका लागि विभागमा निवेदन दिएको थियो । निवेदनपछि गत साउन ६ मा क्लिनिकल प्रयोजनका लागि उपलब्ध गराउने गरी विभागले उत्पादन अनुमति दिएको शर्माले बताए ।
कोरोना संक्रमितको उपचार प्रयोजनका लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानका लागि प्रयोग गर्न सकिने गरी उत्पादन सुरु गरिएको शर्माले जानकारी दिए ।
उनका अनुसार कम्पनीले औषधीको उत्पादन सुरु गरेपछि मन्त्रालयले बनाएको मापदण्डअनुसार आवश्यकतालाई हेरेर अस्पताललाई उपलब्ध उपलब्ध गराउनेछ ।
‘विशेषज्ञ वैज्ञानिक र प्राविधिकले ६ महिनादेखि गरेको अध्ययनका आधारमा औषधीको उत्पादन सुरु गरिएको हो,’ शर्माले भने ।
३० वर्षअघि स्थापना भएको देउराली जनता फर्मास्युटिकल्सले हाल ३ सय २० प्रकारका औषधी उत्पादन गरिरहेको छ ।
कम्पनीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयोजनमा कोभिड–१९ को उपचारका उक्त औषधीलाई परीक्षणका रुपमा अनुसन्धान गर्ने तयारीसमेत भइरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL