Breaking News Sunday, 12 Nov, 2017
Prestige Media

यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं, कात्तिक २६ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई हराएको छ । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो । १८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै अल आउट भयो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो ।

मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए ।

यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाए । भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए ।

भारतका तनुस कोटियान, मन्दीप सिंह खाता नखोली आउट भए । भारतका लागि सर्वाधिक रन हिमान्सु रानाले ४६ रन बनाए । उनी सहाव आलमको बलमा क्याच आउट भए ।

त्यस्तै मन्जोत कलराले ३५, अभिषेक शर्मा २७, अर्थव ताइदे १३, अनुज रावतले १८ रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृट प्रदर्शन गरे । दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिनुका साथै ८८ रन बनाए  । नेपालका लागि सर्वाधिक दीपेन्द्र ऐरीले ४ विकेट, पवन सर्राफले २, सहाव आलम २, कमलसिंह ऐरी, सन्दिप लामिछानेले १/१ विकेट लिए ।

नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल आउँदो मंगलबार मलेसियासँग खेल्नेछ ।

source ; ujyalonline

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL