खेलकुद Friday, 10 Nov, 2017
Prestige Media

बलियो चुनौती पेस गर्ने विश्वास

काठमाडौं- नेपाली युवा टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले अभ्यास खेलमा जस्तै एसिसी यु–१९ युथ एसिया कपमा बलियो चुनौती पेस गर्ने विश्वास लिएका छन् ।
‘बंगलादेश यु–१९ विरुद्धको अभ्यास खेलमा हामीले प्रतिस्पर्धात्मक नजिता निकालेका थियौं,’ प्रतियोगिताअघिको पत्रकार भेटमा नेपाली यु–१९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले भने, ‘यस प्रतियोगिताका लागि नेपालले राम्रो तयारी गरेको छ । त्यसैले अभ्यास खेलमा गरेको प्रदर्शनलाई प्रतियोगितामा पनि निरन्तरता दिने विश्वास लिएका छौं ।’
यसै प्रतियोगिताको तयरीस्वरूप बंगलादेश भ्रमणमा रहेको नेपाली युवा टोलीले पहिलो दुई खेलमा पराजित भए पनि अन्तिम खेलमा बंगलादेशको यु–१९ टोलीलाई ६ विकेटले हराएको थियो । पहिलो अभ्यास खेलमा ३ विकेटले हारेको नेपाली युवा टोली दोस्रो खेलमा १ सय २३ रनले पराजित भएको थियो ।
नेपाल रहेको समूृह ‘ए’ साबिक विजेता भारत, आयोजक मलेसिया र बंगलोदश रहेको छ । नेपालले शनिबार पहिलो खेलमा बंगलादेशविरुद्ध खेल्नेछ । बंगलोदशका कप्तान मोहम्मद सेफ हसनले प्रतियोगिता राम्रो सुरुआत गर्ने बताए ।
‘नेपालसँगको अभ्यास खेलमा हामीलाइ दुईमा जित र एकमा पराजय भोगेका थियौं,’ बंगलादेशका कप्तान सेफ हसनले थपे, ‘नेपालले हामीलाई बलियो चुनौती पेस गरेको थियो । तर शनिबार सकरात्मक सुरुआत गर्ने विश्वास लिएका छौं ।’
साबिक विजेता भारतका कप्तान हिमांशु रानाले टोलीमा केही खेलाडी नभए पनि प्रतियोगितामा राम्रो गर्ने बताए । ‘सबै संस्करणका फाइनल खेलमा हामी पराजित भएका छैनौं,’ भारतका कप्तान रानाले भने, ‘पाकिस्तान र श्रीलंका पनि राम्रो टोली हो । केही खेलाडी नभए पनि नयाँ खेलाडीले उनीहरूको स्थान लिनेमा म विश्वस्त छु ।’
मलेसियाका कप्तान भिरन्दीप सिंहले एसिसीले आयोजना गरेको यो प्रतियोगिता युवा खेलाडीलाई प्रतिभा देखाउनका लागि राम्रो अवसर भएको बताए ।

source ; nagarik news

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL