Breaking News Friday, 20 Jan, 2017
Prestige Media

लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य रोक्न आग्रह

काठमाडौँ, ७ माघ । लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य दण्डनीय भएकाले यसलाई निरुत्साहन गर्न सांसदहरुले जोड दिनुभएको छ ।
उहाँहरुले गर्भपतन गराउने महिलाको समग्र स्वास्थ्यमा असर पुग्ने हुँदा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने र गराउने दुवै कार्यलाई रोक्न स्वास्थ्य मन्त्रालयलाई अनुगमन गर्न सुझावसमेत दिनुभएको छ ।

व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समिति र सिविन नेपालद्वारा लिङ्ग पहिचानपश्चात् गरिने गर्भपतन र शिशु बालिकाको विरुद्ध विभेद अन्त्यसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा सांसदले समाजमा छोराछोरी समान हुन् भन्ने मानसिकता कायम गर्न जनचेतना जगाउन आवश्यक भएकामा जोड दिनुभयो ।

समितिका सभापति रञ्जु झाले लिङ्ग पहिचान गरी छोरा भए जन्म दिने र छोरी भए गर्भपतन गराउने प्रवृत्तिलाई कडा कानुनले मात्र नियन्त्रण गर्न सकिने बताउनुभयो ।
सांसद डा गङ्गालाल तुलाधरले लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य दण्डनीय हुँदाहुँदै पनि किन रोकिएको छैन भन्ने प्रश्न गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामहरि सुवेदीले छोरीभन्दा छोरा जन्माउनलाई बढी प्राथमिकता दिने संस्कार र प्रवृत्तिले आउन सक्ने समस्यालाई सम्बोधन गर्न सरकारले नयाँ नीति ल्याउनुपर्छ भन्नुभयो ।

सांसद श्रीमाया थकाली भने छोरीले आमाबाबुलाई धेरै ममता गर्छन् भन्ने बुझाउन आवश्यक भएको धारणा राख्नुभयो । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल, सिविन नेपालका अध्यक्ष माधव प्रधान र कार्यकारी निर्देशक रश्मिला शाक्यले छोरी भएकै कारण गर्भपतन गराउने कार्यलाई रोक्न आवश्यक भएकामा जोड दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चक्रवात ‘अर्नब’ले नेपालका कुन-कुन भूभागमा पार्छ पानी?

सांसदको डेराबाट चोरी गर्ने ४ जनाको साथबाट ठुलो परिमाणमा सुनचाँदीका गहना बरामद

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL