Breaking News Thursday, 19 Jan, 2017
Prestige Media

औषधि पसलको टेन्डरमा मापदण्ड पुगेन

विराटनगर, ६ माघ । कोसी अञ्चल अस्पताल विराटनगरमा सरकारको निर्देशनअनुरुप फार्मेसी सञ्चालनमा समस्या देखिएको छ ।

फार्मेसी सञ्चालनका लागि औषधि खरिद गर्न अस्पतालले दोस्रोपटक टेन्डर आह्वान गर्दासमेत पर्याप्त औषधिका लागि आवेदन नपरेपछि फार्मेसी सञ्चालनमा ढिलाइ भएको हो ।

सरकारले सरकारी अस्पताललाई आफै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि अस्पतालले टेन्डर खोलेको थियो । एक महिना समय दिई आह्वान गरिएको पहिलो टेन्डरमा मापदण्डअनुरुप आवेदन नपरेपछि पुनः टेन्डर खोलिएको थियो । दोस्रोपटक खोलिएको टेन्डरमा मापदण्डअनुरुप कम्तीमा ४०० प्रकारका औषधि हुनुपर्नेमा त्यसको २५ प्रतिशत औषधिका लागि मात्र आवेदन परेको अस्पतालका सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले बताउनुभयो ।

“मापदण्डअनुरुप टेन्डरबाट औषधि नआउने देखिएकाले दोस्रो चरणबाट हामीले सय थरीका औषधिको टेन्डर बुझिसक्यौ, बाँकी ३०० प्रकारका औषधि आर्थिक नियमावली बमोजिम रु पाँच लाख बराबरको आफै व्यवस्था गर्छौं” – डा पोखरेलले बताउनुभयो ।

सरकारको निर्देशनअनुरुप अस्पतालले आफ्नो भवनमा सञ्चालन भइरहेको औषधि पसललाई बन्द गराई आफै फार्मेसी सञ्चालन गर्नुपर्ने छ । यसअघि सर्वोच्च अदालतले समेत देशका सबै सरकारी अस्पताललाई आफै फार्मेसी खोल्न निर्देशन दिइसकेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL