Breaking News Tuesday, 10 Jan, 2017
Prestige Media

औषधि खरिद गर्न पत्रचार

काठमाडाँै, २६ पुस । स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा पर्याप्त औषधि मौज्दात रहेको दाबी गर्दै आए पनि आन्तरिकरुपमा भने औषधि अभाव भएकाले खरिदका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई पत्र पठाएको छ ।

निःशुल्क अत्यावश्यक औषधि अभावमा जिल्ला अस्पताल तथा स्वास्थ्य चौकीमा बिरामीको उपचार हुन नसकेको समाचार बाहिर आउँदा पनि अभाव नभएको दाबी गर्ने मन्त्रालयले ७५ जिल्लाका जनस्वास्थ्य कार्यालयले सोमबार पत्र पठाउँदै तत्काल रु पाँच लाख बराबरको औषधि सोझै किनेर वितरण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले गत पुस ४ गते चौथोपटक सार्वजनिक खरिद ऐनको नियामावली परिर्वतनलाई आधार मानेर जिल्लालाई पाँच लाखसम्मको अत्यावश्यक औषधि किन्नका लागि पत्रचार गरिएको हो ।

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले पठाएको पत्रमा जिल्लामा जनस्वास्थ्य कार्यालय र क्षेत्रीय स्वास्थ्य कार्यालयबाट प्राप्त विवरणअनुसार जिल्लामा अत्यावश्यक औषधिको भण्डारण थोरै मात्रामा पाइएको हुँदा तत्काललाई अत्यावश्यक औषधि खरिद गर्न निर्देशन दिइएको छ ।

सार्वजनिक खरिद (चौथो सशोधन) नियमावली २०७३ को नियम ८४ (२) (१ क) बमोजिम अत्यावश्यक वस्तु खरिदका लागि पाँच लाखसम्म सोझै किन्न सकिने व्यवस्था गरिएको छ भने जिल्लाको हकमा ५० लाख सम्मको औषधि बोलपत्रमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL