Breaking News Saturday, 31 Dec, 2016
Prestige Media

हेटौंडा गोल्डकपमा सहाराले पुलिसलाई हरायो

१६ पुस, हेटौंडा । सहारा क्लब पोखरा हेटौंडामा जारी दोस्रो हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता-२०७३ मा विजयी भएको छ ।

हेटौंडा-१० स्थित वनविज्ञान मैदानमा जारी प्रतियोगितामा सहाराले विभागीय टोली नेपाल पुलिसलाई २-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा सुनिश्चित गरेको हो । सहाराले दुवै हाफ्मा एक/एक गोल गर्दै बलियो टोली पुलिसको हेटौंडा यात्रा एकै खेलमा टुंग्याएको हो ।

सहाराका शिव सुवेदीको प्रेरणादायी खेलको २८ औं मिनेटमा कप्तान उत्तम गुरुङले गोल गर्दै खेललाई अगाडि बढाएका थिए । उनले प्रहरीको डिफेन्सबीच डिबक्सभित्र तालमेल अभाव भइरहेको अवस्थामा बललाई जाली चुमाएका हुन् । खेलका एएफयुम्यान अफ दी म्याच शिव सुवेदीले ८४ औं मिनेटमा प्रहार गरेको कर्नर सिधै गोलमा परिणत भएको थियो ।

‘खेलाडीहरुले शतप्रतिशत योगदान दिँदा जीत सम्भव भएको हो । हाम्रो खेलाडीले पहिलो पटक नै पाएको मौकालाई गोलमा परिणत गर्दा हामीले अघिल्लो चरणको यात्रा तय गर्न सफल भएका हौं’, सहाराका प्रशिक्षक किरण श्रेष्ठले आफ्ना डिफेन्सको खुलेर प्रशंसा गरे । ‘हामीले आफ्नो अग्रता जोगाउन डिफेन्सिभ खेल खेलिरहेका समयमा थप गोल निस्किँदा खेलमा सजिलो भयो’, उनले थपे । पुलिसका प्रशिक्षक कुमार कटुवालले बल पोजिसन राम्रोहुँदा पनि हार्नु परेको बताए । आयोजकले हाम्रो खेललाई अगाडि सार्दा समस्या भयो ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर आउने वित्तिक खेलमा सहभागी हुनुपर्दा समस्या भएको प्रशिक्षक कटुवालले बताए । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत् आइतबार मनाङ मस्र्याङदी र सशस्त्र प्रहरीको (एपीएफ)बीच प्रतिस्पर्धा हुनेछ । २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता, उपविजेताले क्रमशः नगद पाँच र तीन लाख रुपियाँ प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL