खेलकुद Wednesday, 28 Dec, 2016
Prestige Media

झापा कोल्डकपको दोस्रो संस्करण माघमा

सुरुङ्गा (झापा), १३ पुस । झापामा झापा कोल्डकपको दोस्रो संस्करणस्वरुप झापा गोल्डकप २०७३ सञ्चालन हुने भएको छ ।

राजधानी बाहिर सर्वाधिक पुरस्कार राशि भएको झापा गोल्डकप २०७३ को दोस्रो संस्करण माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकरी दिइयो ।

नेपालका ‘ए’ डिभिजन खेल्ने सातवटा र विदेशी तीनवटा टिमले प्रतियोगितामा सहभागिता जनाउने पत्रकार सम्मेलनमा मूलआयोजक समितिका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा नौवटा खेल सञ्चालन हुनेछन् । रमपम झापा ११ फुटबल क्लबको आयोजनामा विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।

प्रतियोगिताका विजयी टिमले नगद रु सात लाख र उपविजेताले रु तीन लाख ५० सहित ट्रफी र प्रमाणपत्र हात पार्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिता सम्पन्न गर्न रु ७५ लाख खर्च लाग्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न खेलप्रेमी रहेको १११ सदस्यीय मूलआयोजक समिति गठन गरिएको छ, भने विभिन्न राजनीतिक दलका नेतृत्व एवम् सामाजिक व्यक्तित्व सम्मिलित ५१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको सहसंयोजक बलराम कार्कीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, खेल मूलआयोजक समितिका महासचिव केशव दाहाल, कोषाध्यक्ष केदार गिरीले प्रतियोगिताका बारेमा सञ्चारकर्मीले सोधेको जिज्ञासाको जवाफ दिनुभएको थियो । रासस

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL