Breaking News Tuesday, 27 Dec, 2016
Prestige Media

महिला राष्ट्रिय क्रिकेटमा पूर्वाञ्चललार्इ स्वर्ण

इटहरी – सातौँ राट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरीको डिभिएम खेल मैदानमा भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता विवादकाबीच आज सम्पन्न भयो ।

पूर्वाञ्चल र सशस्त्र प्रहरी एपिएफबीच आज भएको अन्तिम खेलमा एपिएफका तर्फबाट आठ बल खेल्न बाँकी छँदा दुबै पक्षबीच विवाद उत्पन्न भएको थियो । एपिएफले गरेको प्रहार पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रोके वा नरोकेको भन्ने बिषयमा सुरु भएको विवाद उग्र रुप लियो । एपिएफले आप्mनो प्रहारबाट चौका प्राप्त गरेको जिकिर गरिरहँदा निर्णायकले चौका नआएको बताउँदै खेल नियमितरुपमा सुरु गर्न पटक पटक आग्रह गर्दा पनि खेल सुरु हुन सकिएन् ।

विवादपछि एपिएफका अफिसियल र खेलाडीले आपूmलाई चौका नदिए नखेल्ने निर्णय गरें । पटक पटक खेल सुरु गर्न आग्रह गर्दा पनि एपिएफले खेल्न नमानेपछि निर्णायकले स्वत पूर्वाञ्चल विजयी भएको घोषणा गरें । एपिएफको टोलीमा अन्तर्राष्ट्रिय खेलको अनुुभव सङ्गालेका खेलाडीको दबदबा थियो भने पूर्वाञ्चलमा समेत राष्ट्रियस्तरका निकै राम्रा खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिस्प्रधात्मक खेलमा विवाद निस्किएपछि डिभिएम स्कुलको खेल मैदान केही समय तनावग्रस्त देखिन्थें । पटक पटकको आग्रहलाई अस्वीकार गरेपछि निर्णायक अघित प्रधानले एपिएफका खेलाडी मैदानमा नआएकै कारण पूर्वाञ्चल टोलीलाई विजयी घोषित गर्न बाध्य भएको निर्णय सुनाउन मैदानमा आएका थिए । घोषणापछि एपिएफले रजत पदकसमेत त्यागेको घोषणा गर्दै खेल मैदानबाट बाहिरिएको थिए । सो अवसरमा एपीएफकी टिम क्याप्टेन बिनु बुढामगरले आफूलाई अन्याय गरेको गुनासो सुनाइन् ।

त्यस्तै पूर्वाञ्चलकी टिम क्याप्टेन कविता गौतमले खेलमा एपिएफले सहभागिता जनाएको भए जित्ने सम्भावना रहेको बताइन् । तर अन्तर्राष्ट्रियस्तरका खेलाडी सहभागी टिमले खेल नै बहिस्कार गरेर हिँड्नु ठीक नभएको उहाँले प्रतिक्रिया दिनुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL