खेलकुद Friday, 23 Dec, 2016
Prestige Media

सातौँ राष्ट्रिय खेलकुद अाजदेखि सुरु

विराटनगर, ७ पुस । सातौँ राष्ट्रिय खेलकुद अाजदेखि पूर्वाञ्चलमा सुरु हुँदै छ ।

साताव्यापी जारी रहने सो प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । सो प्रतिस्पर्धामा तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजक ले जनाएको छ ।

प्रतियोगिताबारे आज यहाँ जानकारी दिँदै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले प्रतिभावान् खेलाडीको खोजीमा सातौैँ राष्ट्रिय खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सन् २०१९ मा नेपालमा हुने सार्क खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गर्नमा पनि यो प्रतियोगिता उपयोगी हुने बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको भोलि विराटनगरको सहिद रङ्गशालामा एक भव्य समारोहबीच उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

प्रतियोगितामा सहभागी हुन खेलाडी र प्रशिक्षकलगायत विराटनगर आउनेक्रम जारी रहेको र सबै तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL