Breaking News Monday, 19 Dec, 2016
Prestige Media

म्यानचेस्टर सिटीले आर्सनललाई हरायो

काठमाडौँ, , ४ पुस ।  इङ्लिस प्रिमियर लिग अन्रतगत दुई बलिया हस्तीबीचको भिडन्तमा म्यानचेस्टर सिटीले बाजी मारेको छ ।

घरेलु मैदान एत्तिहादमा आइतवार राति भएको भिडन्तमा सिटीले पाहुना टोली आर्सनलमाथि २–१ गोलअन्तरको जित निकालेको हो । खेलको सुरुवातमै गोल खाएर पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटीले दोस्रो हाफमा बराबरी र बिजयी गोल गर्यो । खेलको चौथो मिनेटमै आर्सनलका लागि थियो वाल्कोटले गोल गर्दै सिटीका घरेलु दर्शकलाई स्तब्ध बनाए ।

पहिलो हाफमा एक गोलले पछि परेको अवस्थालाई सिटीका लेर्यो सेनले ४७ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । त्यसपछि खेलको ७१ औं मिनेटमा राहिम स्टर्लिङले उत्कृष्ट गोल गर्दै पेप ग्वार्डिओलाको टोलीलाई जित दिलाउन सफल भए । यो जितपछि सिटी १७ खेलबाट ३६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लेको छ । पहिलो स्थानमा समान खेलबाट ४३ अंकसहित चेल्सी छ ।

सिटीसँग पराजित आर्सनल १७ खेलबाटै ३४ अंक बटुल्दै लिगको चौथो स्थानमा छ । १६ खेल खेलेको लिभरपुल ३४ अंकसहित तेस्रो स्थानमा छ । आइतवार राति नै भएको खेलमा टोटनह्यामले बर्नलीलाई २–१ ले पराजित गर्दै ३३ अंकका साथ लिगको पाँचौ स्थानमा कायम छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL