प्रमुख समाचार Thursday, 17 Mar, 2016
Prestige Media

संसदीय दलको नेता आफैं बन्न देउवालाई दबाव

संस्थापन पक्ष 'पर्ख र हेर'को रणनीतिमा

Sher-bahadur-Dauba

४ चैत, काठमाडौं । महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिसकेपछि अब नेपाली कांग्रेस संसदीय दलको नेता छान्ने तयारीमा जुटेको छ । संसदीय दलको नेता शेरबहादुर देउवा आफैं बन्नुपर्ने दबाव देउवा गुटका केन्द्रीय सदस्यहरुले दिन थालेका छन् ।

पार्टीको १३ औं महाधिवेशनले शेरबहादुर देउवाको नेतृत्वमा ६४ सदस्यीय कार्यसमिति चयन गरेको छ । र, सभापति देउवाले पदाधिकारी चुनावमा पराजित भएकाहरुसहित ७ जनालाई मनोनित गरिसकेका छन् ।

अब पार्टी सभापति देउवा केही दिनमा नै केन्द्रीय कार्यसमितिको पहिलो बैठक बोलाउने तयारीमा छन् । चैत १० गतेभित्र बैठक बोलाउने सम्भावना रहेको एक नेताले बताए ।

सो बैठकले संसदीय दलको नेता चयनबारे निर्णय गर्ने सम्भावना छ ।

सभापति देउवा मनोनित उपभापति र महामन्त्रीसहितका पदाधिकारी थप्नुअघि नै संसदीय दलको चुनाव गर्ने तयारीमा छन् । पदाधिकारी मनोनयनमा आफ्नो गुट व्यवस्थापन र संस्थापन पक्षलाई पनि समेट्नुपर्ने भएकाले पहिलो दलको नेता छान्न उपयुक्त हुने निकटवर्तीहरुको सुझाव छ ।

प्रमुख विपक्षी दलको संसदीय दलको नेता ‘वेइटिङ प्राइमिनिष्टर’ समेत भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।

.

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL