प्रमुख समाचार Tuesday, 1 Mar, 2016
Prestige Media

रामचन्द्र पौडेलको टिम घोषणा भोलि, महामन्त्रीको उम्मेदवार शशांक

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडलले भोलि बुधबार औपचारिक उम्मेदवारीको घोषणा गर्ने भएका छन् । उनले आफ्नो टीम सार्वजनिक गर्नेछन् ।

पौडेल समूहले अपराहृन ४ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन राखिएको छ । ‘भोलिसम्म सहमतिको प्रयास गर्ने र नभएपछि टिम घोषणा गर्ने भन्ने भएको छ’ पौडेल निकट मानिउका काभ्रे जिल्ला सभापति मधु आचार्यले भने ।

पौडेलको टीमबाट महामन्त्रीमा शशांक कोइराला उम्मेदवार हुनेछन् भने कोषाध्यक्ष टुंगो लागेको छैन । मधेसी समुदायबाट उम्मेदवार बनाउने तयारी छ । यसमा पूर्व राष्ट्रपति डा. रामवरण यादवका भतिजी किरण यादवको सम्भावना प्रवल रहेको स्रोतले बताएको छ ।

पद्मनारायण चौधरी, फर्मुल्लाह मन्सुरको नाम पनि चर्चामा छ । अर्का दावेदार पूर्व राष्ट्रपति यादवका छोरा चन्द्र मोहन यादव भने महाधिवेशन प्रतिनिधि नै नहुने खतरा बढेको छ । उनको क्षेत्र धनुषा ५ मा अनिश्चितकालका लागि अधिवेशन स्थगित भएको छ ।

पौडेल समूहको उपसभापतिका रुपमा प्रकाशमान सिंहलाई हेरिएको छ । यो मनोनित पद भएकाले अहिले घोषणा हुनेछैन । यस्तै मनोनित महामन्त्रीमा पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई ल्याउने समझदारी भएको छ । तर, महतले सभापति लड्छु भन्न छाडेका छैनन् ।

सिटौलाको छुट्टै भेला 

पौडेल समूहको कार्यक्रम अघि सभापतिका आकांक्षी कृष्ण सिटौलाले कार्यक्रम राखेका छन् । उनले टिम घोषणा नभनी महाधिवेशन प्रतिनिधिहरुलाई स्वागत गर्ने कार्यक्रम राखेका छन् ।

यहि कार्यक्रमबाट उनले सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न सक्नेछन् । सिटौलाले महामन्त्रीमा गगन थापालाई अघि सार्नेछन् । कोषध्यक्षसहितको उनको अन्य टिम भने तय भइसकेको छैन । उनी अहिले पनि छलफलमै रहेका छन् ।

अर्की नेत्री सुजाता कोइरालाले पनि बुधबार दिउँसो १ बजे समूहसहित उम्मेदवारी घोषणा गर्ने दाबी गरेकी छन् । आफ्नै निवास मन्डीखाटारमा पत्रकार सम्मेलन गरी निर्वाचनका लागि उम्मेदवारी दिने सबैको नामावली सार्वजनिक गर्ने बताइएको छ ।

पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको समूहले भने भोलि नै उम्मेदवारी घोषणा गर्ने सम्भावना न्यून छ । देउवा समूहले अन्य नेताको उम्मेदवारी घोषणा सकिएपछि मात्रै पर्सी उम्मेदवारी घोषणा गर्ने रणनीति बनाएको छ ।

भोलि अन्य केही नेताले पनि पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । केन्द्रीय सदस्यका लागि यसअघि पनि धेरैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL