प्रमुख समाचार Tuesday, 1 Mar, 2016
Prestige Media

काँग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ। निर्वाचन कार्यक्रमअनुसार आज दिउँसो २ बजे मतदाताको नामावली प्रकाशन गरिएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गरिएको नामावलीमा दुई हजार ८६८ जनाको नाम रहेको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। धनुषा क्षेत्र नम्बर-५ बाहेक अन्य सबै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिएको उनले बताए।  प्रकाशित नामावलीमा केही भातृ तथा शुभेच्छुक सङ्गठन र विदेशस्थित जनसम्पर्क समितिबाट आउनुपर्ने नामावली समावेश नभएको केसीले जानकारी दिए।
उनीहरुको नामावली आउने क्रममा रहेकाले निर्वाचनको अन्य प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै उनीहरुको नामावली समावेश गरिने उनको भनाइ छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय भने यही फागुन २० गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्मलाई तय गरेको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन भने भोलिपल्ट फागुन २१ गते बिहान ११ बजे हुने भएको छ ।
प्रकाशित नामावलीमाथि संशोधनको समय २१ गते बिहान ११ बजेदेखि १ बजेसम्म तोकिएको छ भने दाबी विरोधका लागि २ बजेदेखि ४ बजेसम्म समय मिलाइएको छ । निर्वाचन समितिमा परेको दाबी विरोधअनुसार निर्वाचन समितिले गर्नुपर्ने जाँचबुझ भने त्यही दिन बेलुका ६ बजेसम्म गरिने भएको छ।
उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते बिहान ९ बजे देखि ११ बिहान बजेसम्मको समय तोकेको छ। उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ बिहान ११ बजे नै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने भएको छ।
काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुने भएकाले भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय सानेपामा यी सूचना प्रकाशित हुने सचिव केसीले बताए। मतदान भने राष्ट्रिय सभागृहमा हुने भएको छ। उनका अनुसार फागुन २३ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समयावधि तोकिएको छ। मतदान सकिएपछि उम्मेदवार र निर्वाचन समितिको संयुक्त बैठकको निर्णयअनुसार मतगणनाको समय तोकिने निर्वाचन समितिले जनाएको छ।
विद्युतीय यन्त्रबाट मतदानको व्यवस्था नहुने भएकाले मतगणनाका लागि केही दिन लाग्न सक्ने केसीले बताए। उनले प्राविधिक समस्याका कारण विद्युतीय यन्त्रमार्फत मतदानको कार्यक्रम नहुने निर्णय भएको जानकारी दिए।
काँग्रेसको १३औँ महाधिवेशन यही फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ। महाधिवेशका लागि महाधिवेशन प्रतिनिधि तथा काँग्रेस नेता कार्यकर्ता काठमाडौँ आउने क्रम तीव्र भएको छ। काँग्रेस नेता तथा कार्यकर्ता काठमाडौँ आउन थालेपछि काठमाडौँमा अहिले काँग्रेसको महाधिवेशनको चहलपहल बढेको छ। रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL