युएईका जेलमा १८५ नेपाली, यस्ता छन् जेल पर्ने कारण
वैदेशिक रोजगारीको शिलशिलामा युएई आएका नेपालीमध्ये १८५ जना नेपालीहरुले विभिन्न अभियोगमा संयुक्त अरब इमिरेट्स (युएई)का अाठ वटा जेलमा जेल भुक्तान गरिरहेका छन् ।
युएईस्थित नेपाली राजदुतावासले युएईको सात वटै इमिरेट्सहरुमा रहेका जेलहरुको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो । राजदुतावास युएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार, विभिन्न मुद्दामा १७३ जना पुरुष र १२ जना महिला गरि १८५ जना नेपालीले युएईका विभिन्न जेलमा जेल जीवन बिताइरहेका छन् ।
जसमध्ये मद्यपानका कारण ९५ जना नेपालीले युएईमा जेल भक्तान गरिरहेका छन् । यस्तै अवैधानिक काम र बसाईका कारण १८ जना, भौतिक आक्रमण वा सम्पत्ति नष्टकाको आरोपमा १८ जना, चोरी मुद्धामा १५ जना, व्यभिचारका कारण १० जना हत्याको आरोपमा नौ, लागुऔषधका कारण ६ र अन्य कारणहरु किर्ते, चेक बाउन्स लगायतका कारण १४ जना रहेको राजदुतावासले सार्रवजनिक गरेकाे रिर्पोटमा उल्लेख छ ।







