खेलकुद
Wednesday, 18 Apr, 2018
साफ च्याम्पियन्ससिपमा नेपाल र बंगलादेश एकै समूहमा
समुह ‘बी’ डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स र श्रीलंकाआगामी सेप्टेम्बर ४ देखि बंगलादेशमा आयोजना हुने साफ सुजुकी कप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ।नेपाल रहेको समूहमा बंग्लादेशसँगै भुटान र पाकिस्तान गरी चार टिम रहेका छन् ।
दक्षिण एसियाली फुटबल महासंघ ढाकामा बुधबार भएको सार्वजनिक ‘ड्र’ मा नेपाल आयोजक बंगलादेश, पाकिस्तान र भुटान सम्मिलित समूह ‘ए’ मा परेको हो।यस्तै समुह ‘बी’ डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स र श्रीलंका छन्।च्याम्पियनपसिपमा दक्षिण एसियाका ७ टोलीको सहभागिता रहनेछ। यसअघिका संस्करणमा फाइनल यात्रा तय गरेको अफगानिस्तान मध्य एसियामा सरेपछि सहभागी टोली संख्या ७ भएको हो।
नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनल चरण पार गरेको छैन । पछिल्लो संस्करणमा समूह चरणबाटै बाहिरीएको नेपाल २०१३ मा सेमिफाइनलमा पराजित भएको थियो ।







