खेलकुद Monday, 26 Mar, 2018
Prestige Media

मैदान तयारी अन्तिम चरणमा

धनगढी — नेपालका अब्बल दर्जाका क्युरेटर अजय पाण्डे आइतबार दिउँसो चर्काे घाममा बहुप्रतीक्षित ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डीपीएल) खेल हुने क्रिकेट मैदान सुम्सुम्याउँदै थिए ।

उनी आइतबार मात्रै खेलमैदानमा देखिएका भने होइनन् । धनगढीको बजार क्षेत्रमा रहेको नेपाल प्रहरीको संघीय इकाइको खेलमैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रूपमा रूपान्तरण गर्न उनी खटिएको दुई महिना पुग्न थालेको छ । यस अवधिमा उनी सधैं आफ्नो ११ जनाको टिम लिएर बिहान ७ बजे नै मैदानमा पुग्ने गरेका छन् ।

प्रतियोगिता सुरु हुन एक साता बाँकी रहँदा पनि बिहानैदेखि अबेर साँझसम्म उनी मैदानमै डटेका छन् । खेलमैदान अब डीपीएलका लागि तयारी अवस्थामै पुगेको उनले बताए । ‘सुरुको अवस्थामा मैदानलाई देख्दा यति चाँडै तयार पार्न सकुँला भन्ने उनलाई लागेको थिएन,’ पाण्डे भन्छन्, ‘दुई महिनाअघि मैदानको अवस्था अत्यन्तै नाजुक थियो । समयमै मैदान तयार पार्न मुस्किल होला भन्ने थियो । तर दिनरातको घोटाइले अहिले अन्तर्राष्ट्रियस्तरको खेलमैदानका रूपमा रूपान्तरण गर्न सफल भयौं ।’

उनका अनुसार मैदानको तयारी अन्तिम चरणमा पुगेको छ । यतिखेर मैदानको डिजाइन अर्थात घाँसे बुट्टा भर्ने काम भइरहेको छ । उनले यसपछि मैदानमा ठूलो रोलर प्रयोग गरेर अन्तिम चरणको सम्याउने काम सुरु हुने बताए । सुरुमा पनि रोलर प्रयोग गरी उनले मैदान सम्याएर मिलाउने काम करिब दुई साता जति गरे ।

‘मैदानमा घाँस थिएन, पोखरीको कालो माटो ल्याएर दुबो रोपियो’ पाण्डेले भने, ‘निरन्तर मल र पानीले मैदान सिँचाइ गर्दै दुबोलाई छिटो उमार्ने काम सम्पन्न गरियो ।’ अहिले दुबो हरियो भएको छ । मेसिनको कटिङद्वारा बुट्टा भरेर मैदान आकर्षक पारिँदै छ ।

क्रिकेट पिचमा विशेष मिहिनेत गर्नुपरेको उनी बताउँछन् । ‘पिचमा पनि तालको कालो माटोमा घाँस उमार्दै ठूलो रोलरले पेल्दै टप सोलिङ गरेर तयार पार्नुपर्‍यो,’ पाण्डेले भने, ‘अहिले पिचलाई सानो लाइट रोलरले पेलिरहेका छौं ।’ उनले क्रिकेट पिच तयारी अवस्थामा पुगिसकेको बताए । यो क्रिकेट खेल मैदानलाई तयार पार्नमा आफ्नो जतिकै मिहिनेत सहायक क्युरेटर किसन महतसहित ११ जना सहयोगीको रहेको उनी बताउँछन् ।

नेपाल क्रिकेट संघका पूर्वकेन्द्रीय सदस्य तथा डीपीएलका मैदान संयोजक धीरेन्द्र साउदले अन्तर्राष्ट्रिय खेलाडीहरूले खेल्ने मैदानमा कुनै किसिमको कमी कमजोरी हुन नदिई ध्यान पुर्‍याएर दुई महिनादेखि मिहिनेत गरेर मैदान तयार पारिएको बताए । उनले मैदान समयमा तयार पार्न सकिएकामा खुसी व्यक्त गरे । यस क्षेत्रको क्रिकेट विकासमा कोसेढुंगा साबित हँुदै गएको डीपीएललाई भव्यताका साथ सफल पार्न सबैलाई मैदानमा आउनसमेत अनुरोध गरेका छन् ।

मैदानमा नेपालको सर्वाधिक धनराशिको डीपीएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण चैत १७ गतेदेखि सुरु हँुदै छ । प्रतियोगितामा भाग लिने सबै टोलीका खेलाडीहरू लिलामी प्रक्रियाबाट छनोट भएका हुन् । यस पटकबाट एउटा टिममा दुई विदेशी खेलाडीसमेत रहने आयोजकले बताएको छ । खेलमैदान वरपर स्टेडियम र टिनको अस्थायी पर्खाल निर्माण गर्नेलगायतका कामसमेत अन्तिम चरणमा पुगिसकेको आयोजक समितिका संयोजक सुवास शाहीले बताए ।साभार;कान्तिपुर 

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL