आजको पत्रपत्रीकाबाट Monday, 4 Dec, 2017
Prestige Media

मीरा फेरि एसियन च्याम्पियन

मंसिर १८, २०७४-अल्ट्रा धाविका मीरा राईले प्रतिस्पर्धीलाई झन्डै एक घण्टाले पछाडि पार्दै आइतबार हङकङमा भएको ‘एमएसआईजी लान्ताउ ५० किमि एसियन स्काई रनिङ च्याम्पियनसिप’ को उपाधि जितेकी छन् ।

तीन हजार ५ सय मिटरसम्म उक्लिनुपर्ने दौड ६ घण्टा ५० मिनेटमा पूरा गर्दै मीराले पहिलो स्थान हात पारेकी हुन् । दोस्रो र तेस्रो स्थानमा रहेका जापानी युकरी होसिनोले ७ घण्टा ५० मिनेट र काओरी निवाले ८ घण्टा २ मिनेटमा दूरी पूरा गरेका थिए । पुरुषतर्फ स्पेनका क्रिस्टोफर क्लेमेन्ट (५ घण्टा ३९ मिनेट) पहिलो भए । दौडमा कुल ३ सय ५६ धावक सहभागी थिए र त्यसमा मीरा सातौंमा रहिन् । महिलातर्फ भने ३८ धाविका दौडिएका थिए ।

नेसनल जोग्राफीको एड्भेन्चर्स अफ दि इयर २०१७ को अवार्ड जितेकी मीरा दोस्रोपल्ट एसियन स्काई रनिङ च्याम्पियन भएकी हुन् । यसअघि उनले सन् २०१५ मा हङकङमै भएको एमएसआईजी एचके ५० साइकुङ एसिया स्काई रनिङ च्याम्पियनसिपमा सफलता हासिल गरेकी थिइन् । माओवादीकी पूर्वछापामार रहेकी उनको अल्ट्रा दौडको ‘टर्निङ प्वाइन्ट’ त्यही हो । त्यही सफलताले उनलाई विश्वमै चर्चित बनाएको थियो । हुन त उनले २०१५ अप्रिलमा वल्र्ड स्काई रनिङ सिरिजको फ्रान्समा भएको प्रतियोगिता मोन्ट ब्लान्क (८० किमि) मा कीर्तिमानसहित पहिलो स्थान पनि हात पारेकी थिइन् ।

तर घुँडामा ‘एसिएल टियर’ भएपछि उनको दौड प्रभावित भएको थियो । त्यसको शल्यक्रिया गरेपछि गत वर्ष नै साहसिक दौडमा फर्के पनि मीराले फेरि ठूलो फड्को मार्न सकेकी थिइनन् । चोटमुक्त हुँदै फर्केयता उनले पहिलो उपाधिका रूपमा गत सेप्टेम्बरमा बेलायतमा भएको बेन नेभिस अल्ट्रा (१२० किमि) मा स्वर्णपदक जितेकी थिइन् । त्यसैले एमएसआईजी लान्ताउ एसिया च्याम्पियनसिपमा यसपालि उनलाई उपाधिको मुख्य दाबेदार मानिएको थियो ।

‘यो (एसियन च्याम्पियनसिप) धेरै कठिन रह्यो किनभने उकालो–ओरालो धेरै नै गर्नुपर्‍यो । खुट्किलो सबभन्दा गाह्रो थियो,’ मीराले हङकङबाट भनिन्, ‘गर्मी ठीकै थियो, जसले मलाई केही ढिला गरायो तर म अगाडि बढिरहें, गइरहें ।’ फेरि पुरानै लयमा फर्किने प्रयास गरिरहेको उनले बताइन् । उनले एमएसआईजीको दौडमा चौथोपल्ट उपाधि जितेकी हुन् । यसअघि उनी एसिया च्याम्पियनसिपबाहेक २०१४ मा एचके एमएसआईभी भर्टिकल किलोमिटर र एमएसआईजी एचके ५० किमिमा पहिलो भएकी थिइन् ।

उनले हङकङमा सहभागी सात दौडमध्ये पाँच उपाधि जित्ने क्रममा दुई वर्षअघि किङ अफ द हिल्सको पनि मुख्य ट्रफी कब्जा गरेकी थिइन् । उनले फेरि साहसिक दौडमा सहभागी हुन जनवरी २०१८ मा हङकङ जाने बताएकी छन्, जुनबेला गोर्खा ट्रेलब्लेजरको पहिलो संस्करण आयोजना हँुदैछ ।

souerce : kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL