आजको पत्रपत्रीकाबाट Monday, 6 Nov, 2017
Prestige Media

प्याराडाइस पेपर्स : विश्व चर्चित धनाढ्यहरुले कर छली गर्न गरेको लगानी बारे ठूलाे खुलासा

कार्तिक २०, २०७४-

सोमबार ठूलो संख्यामा लिक गरिएका आर्थिक दस्तावेजहरुले विश्वका चर्चित धनाढ्य र नेताहरुसहित बेलायतकी महारानीसम्मले कर छली गर्न गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ ।

पानामा पेपर्सपछि भएको दोस्रो ठूलो लिकलाई ‘प्याराडाइस पेपर्स’ नाम दिइएको छ । संसारभरका १०० भन्दा बढी मिडिया आवद्ध भएको ‘अन्तर्राष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट’ (आईसीएफजे) एक वर्ष लगाएर अनुशन्धान गरेपछि मात्रै यो खबर सार्वजनिक गरेको हो ।

एक करोड ३४ लाख कागजपत्र रहेको यो लिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका वाणिज्य मन्त्रीको अमेरिकाले नै प्रतिवन्ध लगाएको रसियनहरुसँग व्यापारिक साठगाँठ रहेको समेत देखिएको छ ।

अमेरिकी वाणिज्य मन्त्री विल्बर रस ।

 

प्याराडाइस पेपर्सका अन्य कागजपत्रसहितका विभिन्न समाचारहरु आगामी हप्ताहरुमा सार्वजनिक गरिँदै लगिने बीबीसीसहित यी कागजपत्रमा जुटेका मिडियाहरुले बताएका छन् । 

प्याराडाइस पेपर्सले तल उल्लेखित कुराहरुको खुलासा गर्ने छ :
  • बेलायतकी महारानीको करोडौं बेलायती पाउण्ड केमन आइल्याण्डको फण्डमा लगानी गरिएको छ । उनको केही पैसा गरिब तथा निमुखाहरु माथि अत्याचार गर्ने व्यापारी कहाँ पुगेको देखिन्छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मन्त्रीहरुदेखि सल्लाहकार र दानकर्ताहरुको ठूलो मात्रामा ‘अफसोर’ लगानी रहेको छ । जसमा हालका वाणिज्य मन्त्री विल्बर रसको रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनका ज्वाइँको कम्पनीसँग कारोबार रहेको छ ।
  • ट्वीटर र फेसबुकमा अरबौं डलरको रसियाको लगानी ।
  • कर छलीमा प्रयोग गरिएको केमन आइल्याण्डको ट्रष्टलाई संचालन गर्न क्यानेडाका प्रधानमन्त्री जष्टिन ट्रुड्युका नजिकका व्यक्तिको संलग्नता ।
  • चर्चित बहुराष्ट्रिय कम्पनीहरुको कर छली । जसमा नाइक र एप्पल जस्ता कम्पनीको पनि नाम रहेको छ ।
  • कसरी टिभी र फिल्मका पर्दामा देखिने चर्चित अनुहारले कर छली गर्दै अन्यत्र गरेको लगानी ।
  • दुई रसियन धनाढ्यले आर्सनल र एभर्टन फुटबल क्लब किन्न अफसोर लगानीको प्रयोग ।
यी लगायत अन्य केही ठूला धनाढ्यहरुको खुलासाले विश्वका चर्चित नेता ट्रम्प, बेलायती प्रधानमन्त्री टेरेसा मे लगायत थुप्रै माथि दबाब बनाउने पक्का छ । 

लिक भएका कागजपत्रको अनुशन्धान गरेर रिपोर्ट तयार पार्न विश्वभरका ३८० पत्रकारले वर्ष दिन लगाएर ७० वर्षको तथ्यांकहरुको अध्ययन  गरेका थिए ।

source ; kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL