Breaking News Sunday, 11 Oct, 2026
Prestige Media

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

 कञ्चनपुरको दोधाराचाँदनीवासीलाई अवरुद्ध टेलिफोन र इन्टरनेट सेवा पुनः उपलब्ध गराउने प्रयासमा खटिएका सशस्त्र प्रहरीका एक जना सहायक निरीक्षक (असई) महाकाली नदीमा बेपत्ता भएका छन् ।

बर्दिया घर भई सशस्त्र प्रहरी बल नेपालको देवीस्थान गुल्म, दोधाराचाँदनीमा कार्यरत २५ वर्षीय सागरराज थारु शनिबार दिउँसो नेपाल टेलिकमको तार नदीपारि तान्ने क्रममा रबर बोटबाट खसेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार शनिबार दिउँसो दोधाराचाँदनी नगरपालिका–४ र भीमदत्त नगरपालिका–१३ जोड्ने महाकाली नदीमाथि रहेको झोलुङ्गे पुल हुँदै तार तान्ने क्रममा घटना भएको हो । घटनापछि तत्काल गोताखोरसहितको टोली परिचालन भएर अबेर साँझसम्म खोजतलास गरेको थियो । 

महाकाली नदीको सीमावर्ती भारतीय क्षेत्रमा शारदा नदीमा भारतीय सुरक्षाकर्मीको टोलीले समेत खोजी गरेको थियो । तर, थारु फेला नपरेपछि रातिका लागि खोजी स्थगित गरिएको थियो । आइतबार बिहानैदेखि पुनः खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । आइतबार पनि गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

गत असोज १४ गते महाकाली नदीमाथि रहेको दोधाराचाँदनी र भीमदत्त नगरपालिका जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको एउटा पिलर बगाएको थियो । पिलर खसेपछि पुलसँगै रहेका टेलिफोन र इन्टरनेटका तारसमेत टुटेका थिए । त्यसयता दोधाराचाँदनीमा तारमार्फत सञ्चालन हुँदै आएको सञ्चार सेवा प्रभावित भएको थियो ।

अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गरेर स्थानीय बासिन्दालाई टेलिफोन र इन्टरनेटको पहुँचमा ल्याउने उद्देश्यले तार तान्ने काम गरिएको दोधाराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले बताए । स्थानीयलाई सञ्चार सेवासँग पुनः जोड्ने प्रयासमा सशस्त्र प्रहरीको सहयोग लिइएको थियो ।

सोही क्रममा भएको दुर्घटनामा असई थारु बेपत्ता भएका हुन् । तार तान्ने काममा रबर बोटमा सवार छ जना सशस्त्र प्रहरी र एक जना अन्य व्यक्ति गरी सात जना खटिएका थिए । बोटबाट खसेका थारु बेपत्ता भए पनि अन्य छ जना सकुशल रहेका छन् ।

तालिमप्राप्त उद्धारकर्मीसमेत रहेका थारु यसअघि विभिन्न घटनामा उद्धार कार्यमा संलग्न भएर थुप्रै व्यक्तिको ज्यान जोगाउन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । अरूको उद्धारमा खटिँदै आएका उनी यस पटक भने आफैँ महाकाली नदीमा बेपत्ता भएका छन् ।

दोधाराचाँदनीवासीलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिन गरिएको प्रयासका क्रममा भएको यस घटनापछि उनको खोजीमा नेपाली सुरक्षाकर्मीको टोली परिचालित छ । आइतबार पनि गोताखोरसहितको टोलीले महाकाली नदीमा खोजतलास जारी राखेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL