नेप्से सूचक ३६ अंकले घट्यो
यसअघि लगातार चार कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि ३५.९९ अंकले घटेर बन्द भएको छ । आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको नेप्से आज ३५.९९ अंक घटेर २६७२.२५ बिन्दुमा रोकिएको छ । यद्यपी, आईतबारको तुलनामा आज कारोबार रकममा भने सामान्य सुधार देखिएको छ ।
साताको पहिलो कारोबार दिन आईतबार ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएकोमा आज कुल ३२० स्टकको ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार ६९८ रुपैयाँ बराबरको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ ।
यसदिन हिमस्टार उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेर ४३०.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसपछि नेशनल सिटिजन्स डेबेन्चर ८६ को मूल्य प्रतिकित्ता ४.३५ प्रतिशत वृद्धि भई १,१३७.३७ रुपैयाँ मा अन्तिम कारोबार भएको छ ।







