समिट अपार्टमेन्टको वैधानिकता छानविन गर्न सांसद कार्कीको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा.तोसिमा कार्कीले देशब्यापी रुपमा बन्दै गरेका वा निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गरेकी छन् ।बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यसका लागि संसदीय छानबिनको समेत माग राखेकी छन् ।
‘ललितपुरको बखुण्डोल हाइटमा १८ रोपनी जग्गामा १६ तलेसम्मको समिट अर्पाटमेन्ट बनाइरहँदा बिना नक्सा पास, बिना इआइए एनलाइसिस, बिना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण क्षेति भएका छन् ।म आग्रह गर्न चाहन्छु-यसरी नै देशव्यापी रुपमा बन्दै गरेका निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपाटमेन्टहरुको वैधानिकता खोजी गरियोस् ।’ यसका लागि संसदीय छानबिन समिति गठनको माग उनको छ ।
उनले भनेकी छन्, ‘सभामुख मार्फत निर्देशन दिइयोस् । संसदीय समिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाइयोस् । दोषीलाई कारबाही, क्षेति भएका पीडितलाई क्षेतिपूर्ति र क्षेति हुन सक्ने घरहरुको आजैबाट संरक्षण गरियोस् ।’







