आजको पत्रपत्रीकाबाट Wednesday, 25 Sep, 2019
Prestige Media

ट्रम्पविरुद्ध महाभियोगको औपचारिक प्रक्रिया सुरु

अमेरिकाको प्रतिनधि सभाकी प्रवक्ता नेन्सी पलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छिन् ।

डेमोक्रेट्सले औपचारिक रुपमा महाभियोग प्रक्रिया सुरु गरेको छ ।

उनीमाथि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीमाथि डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाईडन र उनका छोराविरुद्ध भ्रष्टाचारको दाबीमाथि  अनुसन्धान सुरु गर्न दबाब दिइएको आरोप छ, जसलाई ट्रम्पले अस्विकार गर्दै आएका छन् ।

यद्यपि, उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीबारे युक्रेनका राष्ट्रपतिसँग चर्चा गरेको भने स्विकारेका छन् ।

नेन्सी पलोसीले ट्रम्पले अमेरिकाको संविधानको घोर उल्लंघन गरेको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘राष्ट्रपति जवाफ दिन तयार हुनुपर्छ, कानूनभन्दा माथि कोही पनि छैन ।’

ट्रम्पलाई पदबाट हटाउने कुनै पनि कोसिसका लागि २० रिपब्लिकन सांसदको आवश्यकता पर्छ ।

अहिलेसम्म अमेरिकाका कोही  पनि राष्ट्रपतिलाई महाभियोगमार्फत् हटाइएको छैन ।

जो बाइडनले पनि महाभियोगको सुरु भएको प्रक्रियालाई  समर्थन गरेका छन् । उनले भने, ‘ट्रम्पमाथि महाभियोग चलाउनु दुर्भाग्यपूर्ण हुनेछ, तर उनको आफ्नै व्यवहारले यस्तो गर्नुपरेको हो ।’

पूर्व उपराष्ट्रपति जो बाइडन सन् २०२० मा हुने राष्ट्रपति चुनावमा ट्रम्पलाई टक्कर दिन सक्छन् ।

ट्रम्पले महाभियोग उनका लागि राजनीतिक रुपमा ‘सकारात्मक हुने’ बताएका छन् ।

तल्लो सदनमा १४५ देखि २३५ डेमोक्रेट्स महाभियोगको समर्थनमा भएको बताइन्छ ।

तर महाभियोगको प्रक्रिया तल्लो सदनबाट पारित भए पनि यो रिपब्लिकनको बहुमत भएको सिनेटबाट पास हुन मुश्किल छ र ओपिनियन पोलका अनुसार अमेरिकाका मतदाताबीच यो खासै लोकप्रिय छैन ।

के हो पूरा घटना ?

गत हप्ता अमेरिकाको गुप्तचर अधिकारीले सरकारका एक वाचडगलाई ट्रम्पले एक विदेशी नेतासँग कुराकानी गरेको बारे जानकारी दिएका थिए । पछि ती विदेशी नेता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की हुन् भनेर पत्ता लाग्यो ।

इन्टेलिजेन्स इन्स्पेक्टर जनरलले सूचना प्रदाता (ह्विसल ब्लोअर) को उक्त जानकारी ‘तत्काल ध्यानमा लिन योग्य’ र विश्वसनीय मानेका थिए । उक्त जानकारीको कपीलाई डेमोक्रेट्सले संसदमा माग गरेका थिए तर ह्वाइट हाउस र न्याय विभागले यसको प्रति प्रदान गर्न अस्विकार गरेका थिए ।

Ratopati

photo ; Getty image

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL