आजको पत्रपत्रीकाबाट
Thursday, 19 May, 2016
आन्दोलनकारीले ट्राफिकको कठालो समाते पछी !!!
मधेसीलगायतका पहिचानवादी गठबन्धनले राजधानीमा आन्दोलन सुरु गरेको चौथो दिन रत्नपार्कमा आमसभा आयोजना गरिएको थियो ।
जुलुस सुन्धारा हुँदै रत्नपार्कतर्फ जानुपर्ने थियो, तर त्रिपुरेश्वरतिरबाट पनि सवारीसाधन आइरहेका थिए । सवारीसाधन नरोकेर झडप निम्त्याउन खोजेको भन्दै एक आन्दोलनकारी ट्राफिक प्रहरीमाथि जाइलागे ।
सडकमा राखिएको प्लास्टिकको डिभाइडर उठाएर उनले प्रहरीलाई लखेटे, आन्दोलनकारीले हानेको झटारोले ट्राफिकलाई लाग्यो । पछाडि जुलुस थियो, त्यसैले प्रहरीले ज्यान जोगाउनु नै उत्तम ठानेर पनि भाग्न खोजे ।
तर, आन्दोलनकारी युवा फेरि डिभाइर उठाएर ट्राफिकको पछाडि लागे । यसपालि उनले डिभाइडरले हिर्काएनन्, बरु कठालोमा समातेर धकेलिदिए । धकेलिएर अलिक पर पुगेका ट्राफिक प्रहरी उतैबाट गाडी रोक्नतिर लागे, युवा जुलुसमा फर्किए । आजको नयाँपत्रिकामा समाचार छ
–










