अर्थ बाणिज्य / समाज Tuesday, 16 Apr, 2024
Prestige Media

८ महिनामा नेपालबाट विदेशी लगानीकर्ताले लगे साढे १५ अर्ब प्रतिफल

काठमाडौं– मुलुकको आर्थिक गतिविधि सुस्ताइरहेका बेला विदेशी लगानीकर्ताले नेपालबाट ८ महिनामै १५ अर्ब रुपैयाँ बढी प्रतिफलबापत लगेका छन्। चालू वर्षको फागुन मसान्तसम्म विदेशी लगानीकर्ताले १५ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ प्रतिफल लैजान नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका हुन्।
विदेशी लगानीकर्ता नेपालबाट ऋणको साँवाब्याज, प्रविधि हस्तान्तरण, सेयर बिक्री र लाभांशबापतको पैसा आफ्नो मुलुक लैजान लागेका हुन्। विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेर त्यसमार्फत भएको प्रतिफललाई रोयल्टी र लाभांशमार्फत रकम विदेश लैजान राष्ट्र बैंकबाट विदेशी मुद्रा सटही स्वीकृति दिनुपर्छ भने लगानी भित्र्याउन लेखांकन गराउनुपर्छ।
विदेशी लगानीकर्ताले अघिल्ला वर्षमा नेपालका विभिन्न परियोजना तथा उद्योग व्यवसायमा गरेको लगानी प्रतिफल ९लाभांश०बापत चालू वर्षको ८ महिनासम्म १० अर्ब ६४ करोड ९३ लाख रुपैयाँ लगेका छन्। साथै, उक्त अवधिमा विदेशी लगानीकर्ताले विभिन्न संघ–संस्था तथा सरकारलाई दिएको ऋणको साँवाब्याज भुक्तानीबापत २ अर्ब ३३ करोड ४२ लाख, प्रविधि हस्तान्तरणबापत २ अर्ब ५० करोड ६२ लाख रुपैयाँ र सेयर बिक्री वापत ७ करोड ४९ लाख रुपैयाँ बराबर विदेशी मुद्रा सटही स्वीकृति राष्ट्र बैंकबाट पाएका हुन्।
गत आर्थिक वर्षको असार मसान्तसम्म लाभांशबापत १७ अर्ब ३३ करोड ४० लाख, प्रविधि हस्तान्तरणबापत २ अर्ब ६४ करोड २० लाख, ऋणीको साँवा ब्याजबापत ३ अर्ब ५९ करोड ६० लाख र सेयर बिक्री वापत २ अर्ब १५ करोड ८० लाख गरी कुल २५ अर्ब ७३ करोड २० लाख रुपैयाँ बराबर विदेशी लगानीकर्ताले नेपालबाट प्रतिफल लगेका थिए।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म भने विदेशी लगानीकर्ता १५ अर्ब ७५ करोड, प्रविधि हस्तान्तरणबापत ३ अर्ब ५८ करोड ५० लाख, ऋणको साँवाब्याजबापत २ अर्ब २६ करोड ४० लाख, सेयर बिक्रीबापत ७८ करोड ६० लाख र अन्य शीर्षकमा १७ करोड १० लाख रुपैयाँ गरी कुल २२ अर्ब ५५ करोड ६० लाख रुपैयाँ विदेशी लगानीकर्ताले नेपालबाट लगेका थिए।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL