खेलकुद Wednesday, 4 Oct, 2023
Prestige Media

एसियाली खेलकुदः चीन १६१ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं– १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित दुई सय ९७ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।

यस्तै जापान ३३ स्वर्ण, ४७ रजत र ५० कास्यका साथ एक सय ३० पदक प्राप्त गर्दै दोस्रो स्थानमा छ । दक्षिण कोरिया ३२ स्वर्ण, ४२ रजत, ६५ कास्यसहित एक सय ३९ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । भारत १५ स्वर्ण, २६ रजत र २८ कास्यसहित ६९ पदकका साथ चौथो स्थानमा छ । उज्वेकिस्तान १४ स्वर्ण, १५ रजत र २१ कास्यसहित ५० पदकका साथ पाँचौँ स्थानमा छ ।

यसैगरी चाइनिज ताइपेई १२ स्वर्ण, १० रजत र १८ कास्यसहित ४० पदक प्राप्त गर्दै छैटौँ, थाइल्याण्ड १० स्वर्ण, ११ रजत र १९ कास्यसहित ४० पदकका साथ सातौँ, दक्षिण कोरिया सात स्वर्ण, १० रजत र ६ कास्यसहित २३ पदकका साथ आठौँ, बहराइन सात स्वर्ण, एक रजत र चार कास्यसहित १२ पदकका साथ नवौँ तथा हङकङ चाइना ६ स्वर्ण, १५ रजत र २४ कास्यसहित कुल ४५ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३६ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

१९औं एसियाडको भारोत्तोलनमा विशाल सिंहको कीर्तिमान

एसियाली खेलकुदमा कुन-कुन देशले कति पदक पाए ?

क्रिकेटमा नेपाल भारतसँग पराजित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपालको खेल भारतसँग

सात वर्षपछि भारत पुग्यो पाकिस्तानी क्रिकेट टिम, विमानस्थलमा न्यानो स्वागत

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन बन्यो ‘बुधबार’

१९औं एसियाड क्रिकेटमा नेपालको कीर्तिमानी जित

१९औंं एसियाडः २२८ पदकको छिनोफानो भइसक्दा नेपाल शून्य

टर्की उडे ओलम्पियन विष्ट

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

एन्फा अध्यक्ष र महासचिव स्वतः निलम्बन, पूर्वअध्यक्ष शेर्पाले गराए अविश्वास प्रस्ताव दर्ता

आईसीसी महिला टी–२०: थाइल्यान्डसँग सेमिफाइलनमा हार्यो नेपाल

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL