Breaking News Thursday, 17 Aug, 2023
Prestige Media

सन्दीपविरुद्धको मुद्दामा अदालतले मगायो पीडित किशोरीकी आमाको जन्ममिति पुष्टि हुने कागजात

काठमाडौं– जिल्ला अदालत काठमाडौंले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितकी आमाको जन्ममिति पुष्टि हुने कागजात झिकाउन आदेश दिएको छ ।

आज न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति पुष्टि गर्न आदेश दिएको सन्दीपका वकिल मुरारी सापकोटाले बताए ।उनले भने, ‘आजदेखि निरन्तर सुनुवाइ गर्ने भनिए आरोप लगाएकी पीडितको उमेरसम्बन्धी कागजातमा उनकी आमाकै उमेर दुई वटा देखिएपछि इजलासले जन्ममिति यकिन गर्न आदेश दिएको हो ।’

सर्वोच्च अदालतले गत १५ फागुनमा फास्ट ट्रयाकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन आदेश दिएको थियो। तर पटक–पटक सुनुवाइका लागि पेशी चढे पनि स्थगित हुँदै आएको छ । सन्दीप विश्वकप छनोट खेल्न जिम्बाबे गएपछि केही समय रोकिए पनि फर्किएलगत्तै सुनुवाइ सुरु भएको हो ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध गत वर्षको २१ भदौमा एक किशोरीले आफूमाथि जबर्जस्ती करणी गरेको दाबीसहित गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो । गत वर्ष २० असोजमा स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलबाटै प्रहरीले सन्दीपलाई नियन्त्रणमा लिएको थियो।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा सन्दीपलाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको थियो ।
सञ्जीवले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि गत वर्षको २८ पुसमा २० लाख धरौटीमा रिहा भएका थिए ।

विदेश जान नपाउनेलगायत सर्त राखेर उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनी पछि उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा गएका थिए । सर्वोच्चले १५ फागुनमा उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL