खेलकुद Wednesday, 19 Jul, 2023
Prestige Media

यूएईले नेपाललाई दियो एक सय ५८ रनको लक्ष्य

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई) ले एक सय ५८ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिलो ब्याटिङ रोजेको यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो ।  यूएईलाई सामान्य स्कोरमा समेटन नेपाली बलर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे ।उनी एक्लैले ६ विकेट लिए । उनले १० ओभरमा केवल ४० रन खर्चिएका थिए । श्याम ढकालले दुई विकेट लिए । कुशल मल्लले एक विकेट लिए । पवन सर्राफले पनि एक विकेट हात पारे । 

पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनर ब्याट्सम्यान लभप्रित सिंहले अर्धसतक बनाए । उनले टोलीका लागि ५२ रनको योगदान गरे । उनले ८२ बलको सामना गरी एक छक्का र ६ वटा चौका पनि हिर्काएका थिए । 

एथान डिसुजाले १८ रन बनाए । असवन्त भालथपाले टोलीको खातामा १६ रन थपे । ओपनर ब्याट्सम्यान आर्यन्स शर्माले १४ रन बनाए । जस जिनयानीले १३ रन जोडे । यूएईका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । यूएईको अन्तिम विकेटका रुपमा निलान्श केशवन नौ रनमा आउट भएका थिए । उनलाई श्याम ढकालले विकेटकिपर अर्जुन साउदद्वारा स्टम्पिङ गराएका थिए । 

नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने बाहिरिइसकेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

आँसु झार्दै विश्वकपबाट बाहिरिएका रोनाल्डो

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL