खेलकुद Tuesday, 18 Oct, 2022
Prestige Media

पौडीमा तोडिए १३ कीर्तिमान

४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाईमा ३, महिला १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा २, महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा १, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा १ र ४०० मिटर फ्रिस्टायल रिलेमा १ कीर्तिमान भंग भए

काठमाडौं– नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको पौडी प्रतियोगितामा ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । यस्तै पूर्वकीर्तिमानलाई तोड्ने क्रममा मंगलबार १३ कीर्तिमान भंग भएका छन् ।

४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाईमा ३, महिला १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा २, महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा १, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा १ र ४०० मिटर फ्रिस्टायल रिलेमा १ कीर्तिमान भंग भएका छन् ।
४०० मिटिर पुरुष फ्रिस्टायलमा नासिर याह्या हुसेनको नाममा १३औं सागमा रहेको ४ मिनट ३३.०५ सेकेन्डमा समयलाई चार खेलाडीले उछिनेका छन् । सेनाका नासिरले ४ मिनट ८.६४ सेकेन्ड समयका साथ आफ्नो रेकर्डमा सुधार गर्दै स्वर्ण जिते ।

यस्तै, रजत पदक जितेका एनआरएनका आशीष सापकोटाले पनि नासिरको पूर्वरेकर्डलाई उछिन्दै ४ मिनट २२.४५ सेकेन्डको समयमा दूरी पार गरे ।

तेस्रो स्थानमा रहेका बागमतीका इरभिन श्रेष्ठले पनि नासिरको पूर्वरेकर्डलाई उछिन्दै ४ मिनट २५.७४ सेकेन्ड समयका साथ कास्य जिते । चौथो स्थानमा रहेका बागमतीका सेरेन सिंहले पनि नासिरको पूर्वकीर्तिमानलाई उछिने । उनले ४ मिनट २५.९२ सेकेन्डमा दूरी पार गरे ।
बिरौटास्थित फिसटेल एकेडेमीमा भएको प्रतियोगिताको १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले २५औं खुला राष्ट्रिय पौडी च्याम्पियनसिपमा राखेको ५९.७७ सेकेन्डको समयलाई भंग गर्दै सेनाका नासिर हुसेनले ५७.८६ सेकेन्डको नयाँ कीर्तिमानसहित स्वर्ण जिते ।

दोस्रो स्थानमा रहेका एनआरएनका आशीष सापकोटाले पनि पूर्व कीर्तिमानलाई उछिन्दै ५९.६८ सेकेन्ड समयका साथ रजत प्राप्त गरे । यस्तै, तेस्रो स्थानमा रहेका अनुभव सुब्बाले कास्य प्राप्त गर्ने क्रममा आफ्नो पूर्वसमयलाई सुधार गर्दै ५९.७३ सेकेन्डमा दूरी पूरा गरे ।महिला १०० मिटर बटरफ्लाईमा एनआरएनकी एस्ले सापकोटा डंगोलले गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको १ मिनट ९.९७ सेकेन्ड समयलाई भंग गर्दै १ मिनट ७.७४ सेकेन्डको स्वर्णमा आफ्नो नाम लेखाइन् । नेपाल प्रहरीकी मेगन गुरुङले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य जिते ।

पुरुष २०० मिटर ब्रस्ष्टस्ट्रोकतर्फ एनआरएनका आशीष सापकोटाले २ मिनट २९.६० सेकेन्डको नयाँ कीर्तिमा कायम गर्दै स्वर्ण जिते । यस विधामा यसअघि सुभम श्रेष्ठको नाममा २ मिनट ३१.१५ सेकेन्ड समयको कीर्तिमान थियो । दोस्रो स्थानमा रहेका प्रदेश १ का विकास कुमालले पनि पूर्वरेकर्डलाई उछिन्दै २ मिनट ३०.७६ सेकेन्डको रजत पाए । बागमतीका सेरेन सिंहले कास्य जिते ।

महिलातर्फको यसै विधामा सेनाकी डुवाना लामाले २ मिनट ४३.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय रेकर्ड सहित स्वर्ण प्राप्त गरिन् । उनले मंगलबार बिहान हिट चरणमा आफ्नै नाममा रहेको २ मिनट ४४.६८ सेकेन्डको समयमा आफ्नै नाममा १३औं सागमा राखेको कीर्तिमानलाइ भंग गर्दै १ मिनट ४४.२८ नयाँ रेकर्ड राखेकी थिइन् । सेनाकी उपास्ती महर्जनले रजत र पुलिसकी अदिप्सा वैद्यले कास्य जिते ।

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा सेनाका एलेक्जेन्डर शाहले २७.४६ सेकेन्डको नयाँ समयका साथ स्वर्ण हात पारे । उनले आजै बिहान भएको हिट चरणमा आफैंले १३औं सागमा राखेको २८.०३ सेकेन्डको समय सुधार गर्दै २७.५४ को नयाँ समयमा दूरी पूरा गरे । एपीएफका तेन्जिङ नामदोल रायन गुरुङले रजत र सेनाका अनुभव सुब्बाले कास्य पाए ।सोही विधाको महिलातर्फ ओलम्पियन गौरिका सिंहले स्वर्ण जितिन् । सेनाको टिमबाट खेलेकी उनले ३०.८० समयका साथ दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

पुरुष ४०० मिटर फ्रिस्टायल रिलेमा पनि मंगलबार राष्ट्रिय रेकर्ड तोडिएको छ । सेनाका अनुभव सुब्बा, दिलीप थापा मगर, नासिर याह्या हुसेन र एलेक्सजेन्डर शाहको समूहले ३ मिनट ४५.५१ सेकेन्ड नयाँ समयको कीर्तिमानसहित स्वर्ण जित्यो । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ३ मिनेट ४६.३७ सेकेन्ड समयका साथ रजत जित्यो । एपीएफले कास्य पदक पायो ।

१३औं सागमा एलेक्सजेण्न्डर शाह, अनुभव सुब्बा, सैयद हेम्जा शाह र तेन्जिन नामडोल रायन गुरुङले कायम गरेको ३ मिनट ४६.९७ सेकेन्डको रेकर्डलाई बिहान हिट चरणमा पुलिसका गौरव लामा, दिपंकर अवाले, सानीशंकरबहादुर, रघुराज वंशी र सुविज्ञमान तुलाधरको जोडीले ३ मिनट ४६.८३ सेकेन्डमा दूरी पार गरे ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL