खेलकुद
Sunday, 16 Oct, 2022
दस हजार मिटर दौडमा सेनाका दीपकले जिते स्वर्ण
आइतबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा अधिकारीले ३० मिनेट १०.३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जितेका हुन्
काठमाडौं– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष दस हजार मिटर दौडमा नेपाली सेनाका दीपक अधिकारीले राष्ट्रिय रेकर्डसहित स्वर्ण जितेका छन् ।आइतबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा अधिकारीले ३० मिनेट १०.३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जितेका हुन् ।
यसअघि यो रेकर्ड गोपीचन्द्र पार्कीको नाममा थियो । गोपीले सन् २०१४ मा ३० मिनेट ३० सेकेन्ड दौडिएर राष्ट्रिय रेकर्ड बनाएका थिए ।आफ्नो रेकर्ड तोडिएको दिन एपीएफका गोपी भने दोस्रो भए । उनले ३० मिनेट ३८.३२ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए ।
आर्मीका राजेन्द्र राईले ३० मिनेट ४९.५० सेकेन्डमा निर्धारित दूरी पार गर्दै कास्य पदक जिते ।







