लुम्बिनीबाट ओलम्पिक टर्च लिएर पोखरा पुगे खेलाडी
लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले ओलम्पियन टर्च ¥याली संयोजक मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गरेका हुन्।
काठमाडौं– नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडी लुम्बिनीबाट ओलम्पिक टर्च ¥यालीसहित पोखरातर्फ लागेका छन् ।लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ओलम्पियन टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गरेका हुन् ।
मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने सात सदस्यीय टोली शान्तिदीपबाट दियो (टर्च) लिएर शुक्रबार पोखरा पुग्नेछ ।
खेलाडीले बिहीबार बिहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरी पोखरातर्फ गएका छन् । कोषका तर्फबाट खेलाडीलाई स्वागत गरिएको थियो ।
उक्त अवसरमा कोषका सदस्य सचिव शाक्यले खेलाडीलाई सफलताको शुभकामना दिए । नेपाल खोखो संघका महासचिवसमेत रहेका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्र भूमिबाट लिएर जाने शान्तिदीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीमा उत्साह थपिने बताए ।
ओलम्पियन टर्च ¥यालीका संयोजक उमेश मास्केले लुम्बिनी शान्तिदीपबाट लगिएको दियो पोखराका ओलम्पियनमाझ पु¥याएर ऊर्जा थप्ने विश्वास लिए ।
खेलाडीलाई कोषका सदस्य सचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुरातत्त्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीले खादा लगाएर स्वागतसहित सफलताको शुभकामना दिएका थिए ।
राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेल भइरहेका छन् ।







