खेलकुद Wednesday, 12 Oct, 2022
Prestige Media

नवौं राष्ट्रिय खेलकुदमा नेपाली सेना १२ पदकसहित पहिलो स्थानमा

सेनाले दुई स्वर्ण, चार रजत र ६ कास्य गरी १२ पदक प्राप्त गरेको हो।

काठमाडौं– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका केही खेल २३ असोजदेखि पोखरामा सञ्चालन भइरहेका छन् । राष्ट्रिय खेलकुद औपचारिक रुपमा २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदै छ ।

समय र पूर्वाधार अभावका कारण केही खेल प्रतियोगिता उद्घाटन अगावै सुरु भएका हुन् । पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै काठमाडांैमा सम्पन्न भइसकेको छ ।पोखरामा नवौंअन्तर्गत अहिले महिला क्रिकेट, फेन्सिङ र महिला तथा पुरुष ह्यान्डबल खेल जारी छन् । हालसम्म सात स्वर्णसहित २७ पदकको छिनोफानो भएको छ ।

फेन्सिङमा ६ स्वर्णसहित २४ पदकको टुंगो लागेको छ । नेपाली सेना हालसम्म पदक तालिकामा शीर्ष स्थानमा रहन सफल भएको छ ।
सेनाले दुई स्वर्ण, चार रजत र ६ कास्य गरी १२ पदक प्राप्त गरेको छ । लुम्बिनी प्रदेशमा तीन वर्षअघि सम्पन्न आठौँ राष्ट्रियमा विभागीय टोली

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो ।आर्मीकी रमाकुमारी सिंह र इन्द्र पौडेलले फेन्सिङमा स्वर्ण प्राप्त गरेका छन् ।

यसैगरी बागमती प्रदेश दुई स्वर्ण र एक कास्यसहित तालिकाको दोस्रो स्थानमा छ । बागमतीका ओमकार सिंह र शिक्षा नापितले फेन्सिङमा स्वर्ण जिते । सशस्त्र प्रहरीको एपिएफ क्लब एक स्वर्ण, दुई रजत र पाँच कास्यसहित तेस्रो स्थानमा छ । एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङमा स्वर्ण जिते ।

सुदूरपश्चिम प्रदेशका जलेन्द्रबहादुर शाहीले फेन्सिङमा स्वर्ण जितेका छन् । सुदूरपश्चिमले एक स्वर्ण र एक कास्य जितेको छ । नेपाल प्रहरीको पुलिस क्लबले पुरुष क्रिकेटमा स्वर्ण जितेको छ ।

आयोजक गण्डकी प्रदेशले हालसम्म एक कास्य पदक प्राप्त गरेको छ । कर्णाली, लुम्बिनी, मधेस, प्रदेश १ र एनआरएन हालसम्म पदकविहीन अवस्थामा छन् । राष्ट्रिय खेलकुदमा ३ सय ९२ स्वर्ण, तीन सय ९२ रजत र ६ सय कास्य गरी १ हजार ३ सय ८४ पदकका लागि सात प्रदेश, तीन विभागीय टोली र एनआएरएनको टोलीबीच प्रतिस्पर्धा हुँदै छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL