खेलकुद Thursday, 29 Sep, 2022
Prestige Media

महिला बास्केटबलमा नेपाल उपविजेता

बुधबार राती श्रीलंकामा भएको श्रीलंका–नेपालबीचको खेलमा उपाधि जित्नबाट चुक्यो नेपाल

काठमाडौं–माल्दिभ्समा भइरहेको दोस्रो साबा (दक्षिण एसियाली बास्केटबल संघ) महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता बनेको छ । श्रीलंकाले लगातार उपाधि जित्दा नेपाल उपविजेता बनेको हो ।

बुधबार भएको आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि सहज जितसहित उपाधि जित्ने सम्भावना कायम राखेको थियो । तर बुधबार राती नै श्रीलंकाले घरेलु टोली माल्दिभ्सलाई ७२–५९ ले हराउँदै च्याम्पियन बन्यो ।

च्याम्पियनसिपमा नेपाल र श्रीलंकाले दुई जित र एक हारबाट समान चार अंक नै जोडेको थियो । तर नेपालभन्दा श्रीलंकाले बढी अंक स्कोर गरेकाले श्रीलंका अघि रहँदै च्याम्पियन बनेको हो । सन् २०१६ मा काठमाडौंमा भएको पहिलो संस्करणमा पनि श्रीलंका सबै खेल जितेर च्याम्पियन बन्दा नेपाल दोस्रो भएको थियो ।

यस पटक भारत सहभागि नहुँदा नेपालले उपाधि जित्ने लक्ष्यसहित माले पुगेको थियो ।नेपालसहित जम्मा चार टिम मात्र सहभागि च्याम्पियनसिप राउन्ड रोविन लिगको आधारमा खेलाइएको थियो । जसमा नेपाल पहिलो खेलमै घरेलु टोली माल्दिभ्ससँग ५१–४७ ले पराजित भयो । तर त्यसपछि नेपालले पुनरागमन गर्दै श्रीलंकालाई ५५–४९ ले हरायो भने लिगको अन्तिम खेलमा भुटानलाई ६५–२६ ले पराजित ग¥यो ।

च्याम्पियनसिपको अन्तिम लिग खेल बिहीबार माल्दिभ्स र भुटानबीच हुनेछ । भुटानले खेलेको दुई खेल हारेको छ । माल्दिभ्सले एक खेल जितेको छ भने एकमा पराजित भएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL