खेलकुद
Wednesday, 28 Sep, 2022
नेपालले श्रीलंकालाई हरायो, भुटानसँग खेल्दै
माल्दिभ्समा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध जित निकालेको हो।
काठमाडौं– दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगित साब वुमेन्स च्याम्पियनसिप २०२२ मा नेपालले मंगलबार राती श्रीलंकालाई ५५–४९ ले हराएको छ ।

माल्दिभ्समा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध जित निकालेको हो ।नेपालले आधा समयसम्म नै ३२–२१ लिड लिएको थियो । बाँकी समयमा पनि अग्रता बनाउँदै नेपालले जित निकालेको हो ।
च्याम्पियनसिपको पहिलो खेलमा भने नेपालले माल्दिभ्सँग हार बेहोरेको थियो । त्यस्तै, अर्को खेलमा नेपालले बुधबार भुटानको सामना गर्दैछ। यो खेल स्थानीय समयअनुसार बुधबार ३ः३० बजे सुरु हुनेछ ।







