नवौं राष्ट्रिय खेलकुदका लागि ४ हजार ३३५ जना खेलाडीको नाम दर्ता
नवौं खेलकुदका लागि आइतबारसम्म सात प्रदेश, ३ विभागीय र १ एनआरएनए टोलीले आफ्ना खेलाडीको नाम दर्ता गराएका हुन्
काठमाडौं– गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ४ हजार ३३५ जना खेलाडीले नाम दर्ता गराएका छन् ।
नवौं खेलकुदका लागि आइतबारसम्म सात प्रदेश, ३ विभागीय र १ एनआरएनए टोलीले आफ्ना खेलाडीको नाम दर्ता गराएका हुन् ।
अहिलेसम्म गण्डकी प्रदेशले सबैभन्दा धेरै खेलाडी दर्ता गरेको छ । गण्डकी प्रदेशले सबैभन्दा धेरै ७०२, त्रिभुवन आर्मीले ६७३ जना खेलाडी दर्ता गरेको छ ।

एपीएफले ५२२, नेपाल प्रहरीले ४८८, सुदूरपश्चिम प्रदेशले ४३६, बागमती प्रदेशले ४३०, प्रदेश १ ले ३७१, मधेस प्रदेशले २६२, कर्णाली प्रदेशले १९७, एनआरएनएले १३१ र लुम्बिनी प्रदेशले १२३ जना खेलाडी दर्ता गराएको प्राविधिक उपसमितिले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कात्तिकसम्म पोखरामा हुँदै छ ।







