खेलकुद Tuesday, 6 Sep, 2022
Prestige Media

बुधबारदेखि सुरु हुँदै महिला साफ च्याम्पियनसिप, नेपाल र भुटानबीच पहिलो भिडन्त

घरेलु मैदानमा साफको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालका लागि मुख्य प्रतिस्पर्धी भारत

काठमाडौं– छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप बुधबारबाट काठमाडौंको दशरथ रंगशलामा हुँदै छ । बुधबार हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग खेल्नेछ ।

नेपाल र भुटानबीच साँझ ५ः३० बजे खेल सुरु हुनेछ । नेपाल र भुटानले सन् २०१४ यता तीन खेल खेलेका छन् । नेपालले तीनै खेलमा भुटानलाई हराएको छ । नेपालले भुटानविरुद्ध तीन खेलमा १९ गोल गर्दा अहिलेसम्म गोल खाएको छैन ।

भुटानी टिम विगत दुई सातादेखि नेपालमा आएर अभ्यास गरिरहेको छ । अभ्यासका दौरान उसले आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । खेलमा भुटान पराजित भयो ।

खेलअघि नेपालका प्रशिक्षक कुमार थापाले कुनै पनि टिमलाई कमजोर नआँक्ने बताएका छन् । नेपालको लक्ष्य समूह चरणमा उत्कृष्ट खेल्ने रहेको उनको भनाइ छ ।

घरेलु मैदानमा साफको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले मुख्य प्रतिस्पर्धी भारतलाई लिएको छ ।सन् २०१० देखि भएका पाँच संस्करणका साफ महिला च्याम्पियनसिपका सबै उपाधि भारतले जितेको छ ।भारतले साफको उपाधि जित्दा चार पटक नेपाललाई हराएको थियो । सन् २०१६ मा नेपाल सेमिफाइनलमा पराजित भएपछि फाइनलमा बंगलादेश र भारत भिडेका थिए । त्यसमा पनि भारत विजयी भएको थियो ।
साफमा नेपालको उपाधि यात्रामा सधैं बाधक बनेको भारत दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा पनि सधैं तगारो बनेर उभिएको छ ।

सन् २०१०, २०१६ र २०१९ को सागका तीनै संस्करणमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । तीनै पटक भारतले स्वर्ण जित्दा नेपालले रजत पदकमै चित्त बुझाउनुप¥यो ।

नेपालले यस पटक समूह चरणमा भने तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी पाएको छ। समूह ‘ए’ मा नेपालसहित भुटान र श्रीलंका गरी तीन टिम मात्र रहँदा अझ सहज भएको छ ।

अर्को समूहमा बलियो टिम भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । बंगलादेशले पछिल्लो समय महिला फुटबलमा प्रगति गरिरहेको छ भने पाकिस्तान ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कंदा विदेशमा खेलेका दुई खेलाडीसहित नेपाल आएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL