खेलकुद Friday, 19 Aug, 2022
Prestige Media

तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

पाल्पा– तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय परिसरमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको हो ।नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा टुँडिखेल मैदान सुधारका लागि जयनेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले दुई वर्षभित्र काम सक्ने गरी ३ करोड ८२ लाख ९४ हजार बराबरको बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी लिएको हो ।

टुँडिखेलको खुला क्षेत्रलाई सुधार गरेर आकर्षक बनाउने योजनाअनुसार काम अन्तिम चरणमा पुगेको तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । ढिलासुस्ती भइरहेको कामलाई निरन्तर निगरानी तथा खबरदारी गरेसँगै टुँडिखेलमा मर्निङवाक स्थल, फुटबल खेलमैदान र विश्रामस्थल बनिसकेको नगरप्रमुख श्रेष्ठ बताउँछन् ।उनी भन्छन्, ‘दुई वर्ष अगाडि नै सक्नुपर्ने काममा निरन्तर ताकेता गरेपछि अहिले दुबो रोपण कार्य सकिने क्रममा छ । यसले तानसेनको थप सुन्दरता थप्नेछ ।’

विगतमा नेपाली सेनाको सहयोग र पाल्पा उद्योग वाणिज्य संघको समन्वयमा टुँडिखेलमा घाँस रोपिएको थियो । अहिले यहाँ ७४ मिटर चौडाइ र १०९ मिटर लम्बाइमा बर्मुडा दुबो रोपिएको छ ।मैदानभित्र रोपिएको दुबो दुई महिनामा हरियो हुन्छ । त्यसलाई दुईपटक घाँस काटेपछि दुबो रोपेको कम्पनी तिलोत्तमा एग्रिकल्चर फार्मले निर्माण व्यवसायीलाई हस्तान्तरण गर्नेछ । कम्तीमा आठ पटक दुबोलाई मेसिनले काटेपछि टुँडिखेलमा खेल खेल्न तयार हुने बताइएको छ ।

आगामी फागुनदेखि खेलमैदान स्तरोन्नति भई पूर्ण रूपमा तयार हुने तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की बताउँछन् । २०५० अघि यहाँ हुने गरेका राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता वीरेन्द्र सिल्ड, राष्ट्रिय स्तरको भलिबल, इन्डो–नेपाल क्रिकेट, कराँते प्रतियोगितालगायत पुनः सञ्चालन गरिनेछ ।
यहाँको टुँडिखेल मैदान स्तरोन्नति कार्यले खेलप्रेमीमा उत्साह जागेको छ ।पाल्पा सदरमुकाम तानसेन भित्रने नाकामै रहेको मैदानमा ठूला–ठूला कार्यक्रम, सभा, समारोह हुने गरेका छन् । खेलमैदानको छेउमा रहेको पाल्पाली करुवाका कारण पनि यहाँ जानेको आकर्षण उत्तिकै छ । यहाँ रहेको करुवा अवलोकन गर्दै टुँडिखेल विश्राम गरेर बस्ने थलोका रूपमा पनि लिइन्छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

आँसु झार्दै विश्वकपबाट बाहिरिएका रोनाल्डो

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL