खेलकुद
Tuesday, 24 May, 2022
एन्फा अध्यक्षमा शेर्पाले दिए उम्मेदवारी
अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन्। राजधानीमा पत्रकार सम्मेलन गरी प्यानलसहित निर्वाचनमा होमिने घोषणा गरेका कर्मा समूहले अपराह्न एन्फा मुख्यालय पुगेर मनोनयन दर्ता गराएको हो । यसअघि पंकज विक्रम नेम्बाङले शुक्रबार असन्तुष्ट समूहको नेतृत्व गर्दै अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

एन्फा निर्वाचनका लागि जेठ १२ गतेसम्म उम्मदवारी मनोनयन दर्ता समय तोकिएको छ। एन्फा निर्वाचन असार ६ गते हुँदैछ ।







