Exclusive News Wednesday, 3 Feb, 2021
Prestige Media

पाल्पामा ट्वान्टी ट्वान्टी युवा समूहको लोभलाग्दो कृषि कर्म

कोरोना महामारीका कारण विदेशको रोजगारी गुमाएर स्वेदश फर्किएका रामपुर नगरपालिकाका वडा– ६ का २० जना युवाले सुरु गरे सामूहिक कृषि

पाल्पा–कोरोनाका कारण विश्वमा नै हरेक पेसा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलु खेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलु खेतीमा लागेका हुन् ।
वैदेशिक रोजगारमा रहँदा कोरोनाको महामारी खेपेका युवा गाउँ फर्केपछि चुनौतीलाई अवसरमा बदल्दै आयआर्जनका लागि आलु खेती गरेका हुन् ।
यहाँका युवाले करीब एक सय रोपनी क्षेत्रफलको जग्गा भाडामा लिएर आलु खेती सुरु गरको हुन् । ट्वान्टी ट्वान्टी समूहमा वैदेशिक रोजगारबाट गाउँ फर्केका, विभिन्न पेसा व्यवसायमा आबद्ध युवा मात्र आबद्ध छन् । आलु खेतीमा प्रोत्साहन गर्दै वडा कार्यालयले दस बोरा तथा कृषि ज्ञान केन्द्र पाल्पाले एक सय बोरा जनकदेव र कार्डिनल जातको ५० प्रतिशत बीउ अनुदान उपलब्ध गराएको छ ।
अहिले युवाले सुरु गरेको आलु खेती उदाहरणीय पनि बनेको छ । एकै ठाउँमा ठूलो क्षेत्रफलमा आलु फलेपछि हेर्न आउने र तस्बिर लिनेहरू पनि बढेका छन् ।
कोभिड–१९ को बन्दाबन्दीको समयमा जापानबाट गाउँ फर्किएका युवा बद्री लम्सालले रामपुरको पहिचान बढाउन र आयस्रोत वृद्धिका लागि युवाहरू मिलेर सामूहिक खेती गरेको बताउँछन् । ‘कोभिडले पनि हामी युवामा एउटा ऊर्जा थपिदिएको छ, कोभिडको संक्रमण नभएको भए विदेशमैै भइन्थ्यो होला । अब गाउँमै बसेर काम र दामका लागि सामूहिक कार्य सुरु गरेका छौँ । हामीले सोचेजस्तो गरी खेती पनि भएको छ’, उनले भने ।
विदेशमा दैनिक आठदेखि दस घन्टाको समय काम गर्न बाध्य युवा अहिले घरपरिवारका साथमा रहेर स्वतन्त्र रूपमा काम गर्न पाउँदा उत्साहका साथ कृषि कार्यमा जुटेका छन् ।
कोभिड–१९ ले विश्वव्यापी रूपमा स्वास्थ्यमा नराम्रो असर पारे पनि आफूहरूजस्ता गाउँका युवालाई भने नयाँ कृषि कार्य गर्ने अवसर सिर्जना भएको कोरियाको रोजगारबाट फर्किएका युवा सन्तोष देवकोटाले बताए । सबै क्षेत्रमा आबद्ध रहेका यहाँका युवाले सुरु गरेको सामूहिक आलु खेती नमूना बनेको छ ।
ब्लक क्षेत्रअन्तर्गत यहाँका विभिन्न महिला समूह, आमा समूह, कृषि समूहले पनि समूहमै आलु खेती गरेका छन् ।

सामूहिक कार्यले एक अर्काबीच अनुभव साटासाट गर्ने, नयाँ कुरा सिक्ने अवसर मिलेको आत्मनिर्भर महिला कृषक समूहका उमा भट्टराईको अनुभव छ । विजयपुर कृषि सहकारीले खेती लगाउने समयमा नै मल बिउबिजन उपलब्ध गराएकाले पनि कृषि कार्यमा कृषकलाई सजिलो परेको छ ।

एक सय रोपनी क्षेत्रफलमा करिब ६ सय मेट्रिक टन आलु उत्पादन हुने वडा सदस्य तथा ट्वान्टी ट्वान्टी समूहका आलु लगाउने कार्यक्रम संयोजक यमबहादुर भुजेल बताउँछन् । युवाले आलु खेतीका लागि बिउ अनुदानबाहेक करिब ६ लाख बराबरको लगानी गरेका छन् ।
एकै वडाभित्र करीब एक हजार दुई सय रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक आलु खेती गरिएको छ । रामपुर नगरपालिका–६ र कृषि ज्ञान केन्द्र पाल्पाको सहयोगमा एकै ठाउँमा लगाइएको आलु फस्टाउन थालेको छ ।

नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा–६ ले विगतका वर्षदेखि आलु खेतीलाई जोड दिएर बिउमा अनुदान उपलब्ध गराउँदै आएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।
रामपुर नगरपालिकाले पाँच लाख बजेटमा कृषि शाखामार्फत नगरका कृषकलाई पाँच टन आलु ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । आलु ब्लक क्षेत्र रहेको वडा–६ मा वडा कार्यालयमार्फत चार लाख रुपैयाँ सहयोगमा पाँच टन आलुको बिउ वितरण गरिएको छ ।
गत वर्ष रामपुर नगरपालिकाभित्र करिब तीन हजार रोपनी क्षेत्रफलमा आलु खेती गरिएको थियो भने यस वर्ष करिब पाँच हजार रोपनीमा आलु लगाइएको छ । ब्लक क्षेत्र रहेकाले पनि यस वर्ष क्षेत्रफल थप गरी कृषकले आलु खेती गरेका छन् ।
यो वर्ष नगरपालिकाभित्र करिब दुई हजार पाँच सय मेट्रिक टन आलु उत्पादन हुने अनुमान रहेको रामपुर नगरपालिकाका कृषि शाखाप्रमुख रामहरि पाण्डेयले जानकारी दिए । रामपुर नगरपालिकाले एक वडा एक उत्पादन नीतिअन्तर्गत वडा–६ लाई आलु पकेट क्षेत्रका रूपमा विकास गरिरहेको छ ।
रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएकाले पनि भण्डारण गर्न अन्यत्र लैजानुपर्ने बाध्यता हट्ने हुँदा आलु उत्पादनमा जोड दिएको कृषक यमकान्ति गौतम बताउँछन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं बिहान ८:३०देखि कर्फु

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

जेठ १५ गते एमालेले देशभर उत्सव मनाउने

नेप्सेमा सिमेन्ट कम्पनी चम्किँदा २० अर्ब बढीको कारोबार

बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई

ओली, देउवा र दाहाललाई बुझाइयो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन

काभा महिला भलिबलको फाइनल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री ओली

नेप्से परिसूचक ४० अंकले बढ्यो, करिब २२ अर्बको कारोबार

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL