प्रचण्डको अभियोगपत्रपछि सहमतिको ढोका बन्द भएको प्रधानमन्त्री ओलीको घोषणा
सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावसँगै हालसम्मका सहमति अन्त्यको भएको घोषणा गरेका छन् ।
गत २८ कात्तिकको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्तावबारे प्रसंग निकाल्दै अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठकमा पुराना सहमति कायम रहेको अवस्था नरहेकाले नयाँ निकास खोज्नुपर्ने बताएका हुन् ।
‘अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, समझदारीको अन्त्यको घोषणा ग¥यो । त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन,’ अध्यक्ष ओलीले भने, ‘अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो । हामीले एउटा नयाँ निकास खोज्नैपर्छ । म चाहन्छु मिलेर जाऔं, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई एकताबद्ध राख्न सकियोस् ।’







