खेलकुद Tuesday, 27 Feb, 2018
Prestige Media

नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

अर्को वर्ष  इङल्याण्ड र वेल्समा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबेमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो वार्म अप म्याचमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । २ साताको अन्तरमा नेपाल र युएईबीच हुन लागेको यो तेस्रो भेट हो । यसअघि नामिबियामा सम्पन्न डिभिजन टु प्रतियोगीताको समुहचरण र उपाधि भिडन्तमा नेपाल र युएईबीच प्रतिस्पर्धा भएको थियो । समुहचरणमा युएईलाई पराजित गरेको नेपाल, उपाधि भिडन्तमा भने पराजित भएको थियो । अभ्यास खेल जिम्बाबेको कोएकोए स्पोर्टस क्लबको  मैदानमा नेपाली समयानुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । वार्म अप अन्तर्गत आजै वेष्ट ईण्डिज र अफगानिस्तान, जिम्बाबे र आयरल्याण्ड, हङकङ र नेलरल्याण्ड्स तथा पपुवा न्यूगीनी र स्कटल्याण्डपनि आमने सामने हुनेछन् । युएईपछि दोस्रो वार्म अप म्याचमा नेपालले बिहिबार हङकङसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका औपचारिक खेल भने आइतबारबाट सुरु हुनेछन् । पहिलो दिन नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै विश्वकप छनोट यात्रा सुरु गर्नेछ ।

आजको कान्तिपुरबाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

आँसु झार्दै विश्वकपबाट बाहिरिएका रोनाल्डो

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL