खेलकुद
Sunday, 28 Jan, 2018
रियलद्वारा भ्यालेन्सिया पराजित
म्याड्रिड — क्रिस्टियानो रोनाल्डोको दुई गोलको मदतले स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ । भ्यालेन्सियाको घरेलु मैदानमा रियल ४-१ ले विजयी भयो ।

रियलले पहिलो हाफमा पाएको दुई पेनाल्टीमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाएका थिए । सान्टि मिनाले भ्यालेन्सियाको लागि एक गोल फर्काए । खेलको अन्त्यतिर रियलका लागि मार्सेलो र टोनी क्रुसले गोल गरे ।
रियल २० खेलमा ३८ अंकसहित चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ५४ अंक छ ।
source : kantipur








